गृहपृष्ठ खबर कृष्णनगर भन्सार कार्यालयले लक्ष्यअनुसार राजश्व असुलि गर्दै ।।

कृष्णनगर भन्सार कार्यालयले लक्ष्यअनुसार राजश्व असुलि गर्दै ।।

प्रकाशित मिति:

कृष्णनगर भन्सार कार्यालय कपिलबस्तुले आर्थिक बर्षको २०७५÷७६ साउनँदेखि मासिक लक्ष्यअनुसार राजश्व असुलि गर्दै आएको छ । श्रावण महिनाको लक्ष्य ५७ करोड ५५ लाख ५१ हजार रहेकोमा ३६ करोड ८१ लाख ७१ हजार राजश्व असुलि भएको छ । त्यस्तै भाद्र महिनाको लक्ष्य ६५ करोड ७७ लाख ७२ हजार रहेकोमा ३४ करोड ४३ लाख ४२ हजार राजश्व असुलि भएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए ।
आर्थि वर्ष २०७४÷७५ को श्रावण महिनाको लक्ष्य २८ करोड ९१ लाख ३८ हजार रहेकोमा ३८ करोड ६३ लाख ७८ हजार राजश्व संकलन भएको थियो भने भाद्र महिनाको लक्ष्य ३३ करोड ४४ लाख ४० हजार रहेकोमा ४१ करोड ६४ लाख ८९ हजार राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत खड्काको भनाई छ ।
वर्षातको मौसममा विभिन्न उद्योगिहरुले आफ्नो कम्पनिहरुको र्ममत संम्हार गर्नका लागि कम्पनिहरु वनद गर्नुपर्ने भएको हुँदा कच्चा पदार्थको आयातमा कमी भएको भन्सार अधिकृत शोभाकान्त वाग्लेले बताए । पछिल्लो समय कपडा, जुत्ता चपपल, फलफुल, सुर्तिजन्य पदार्थ, चामल तथा कनिका लगायतका सामाग्रिहरुबाट राजश्व असुलि भएको भन्सार कार्यालयले जनाएको छ । चोरि पैठारिलाई नियन्त्रण गर्ने उद्देश्यले चाडपर्वलाई पनि विशेष ख्याल गरेर दैनिक उपभोग्य वस्तुवाट राजश्व असुलि गरिएको भन्सार अधिकृत वाग्लेले बताए ।

सम्बन्धित् समाचार