गृहपृष्ठ खबर पुनको हत्याको बिरोध गर्दै तरुण दल कपिलवस्तुद्धारा ज्ञापन पत्र ।

पुनको हत्याको बिरोध गर्दै तरुण दल कपिलवस्तुद्धारा ज्ञापन पत्र ।

प्रकाशित मिति:

रोल्पा जिल्ला स्थित रोल्पा नगरपालिका तरुण दलका सभापति रोहीत पुनको गोली हानी हत्या गरेको बिरोधमा तरुण दल कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । हतियारधारी समुहले कानुनलाई हातमा लिई सत्ताको आडमा दादगिरि देखाउदै तरुण नेता पुनको हत्याको छानविन सहित दोशीलाई कडा भन्दा कडा कारबाहीको माग ज्ञापन पत्रमा गरिएको छ । ज्ञापन पत्र बुझाएपछि चार नः जितपुरमा पत्रकार सम्मेलन गर्दै नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं शतिm ठकुरीले मल्ललाई सहिद घोषणा गर्न माग गर्दै राज्यमा पछिल्लो समय बलात्कार चोरी डकैती मारपिटका घटना बढेकोमा चिन्ता ब्यतm गर्दै सरकारलाई यसप्रति गम्भिर हुन समेत उनले आग्रह गरेका छन । सो अवसरमा नेपाली काग्रेस जिल्ला सदस्य जमशेद खा, तरुण दल क्षेत्रीय सभापति तिलक थापा, बिद्यार्थी नेता दिनेश क्षेत्री, नेबिसघं क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार