गृहपृष्ठ खबर कपिलवस्तुमा लागु औषध सहित ३ जना पक्राउ ।

कपिलवस्तुमा लागु औषध सहित ३ जना पक्राउ ।

प्रकाशित मिति:

कपिलबस्को वाणगंगा नगरपालिकामा लागु औषध सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी निरिक्षक चन्द्र बहादुर के.सि.को टोलिले बाणगंगा १ बैरियाबाट ३ जनालाई पक्राउ गरेको हो । सडकको छेऊमा बसिरहेको अवस्थामा शंका लागि चेक जाच गर्ने क्रममा लु १४ प ९३३२ नंम्बरको मोटरसाईकलको टुल बक्स भित्र लुकाई छिपाई राखेको स्पास्मो क्यापसुल २ सय ८४ पिस र नाईट्रोजिपम क्यासुल २७ पिस सहित बाणगंगा १ बस्ने बर्ष १८ का रोशन मल्ल, सोहि ठाउँका बर्ष २२ का नारायण थापा र मोटरसाईकल धनि बर्ष ३१ का दिनेश थारु पक्राउ परेको प्रहरि निरिक्षक केसिले जानकारि दिए । अन्य अनुसन्धान कार्य भैरहेका ईलाका प्रहरी कार्यालय पिपराले जानकारि दिएको छ ।

सम्बन्धित् समाचार