तिलोत्तमा नगरपालिका वडा नम्वर १५ का अध्यक्ष खेमराज गुरूड्ले वडाबासीलाई सम्वोधन गर्दै आज पदबाट राजिनामा दिनु भएको छ ।वडाअध्यक्ष गुरूड्ले आज बिहान वडाबासीहरुलाई सम्वोधन गर्दै सामासिजक सञ्जाल फेशबुकमा मार्फत राजिनामा दिनु भएको हो । गुरूड्ले सामाजिक सञ्जाल फेशबुकमा वडाबासीलाई सम्वोधन गरी राजिनामा दिएपनि नगरपालिकामा त्यससम्वन्धि कुनै जानकारी गराउनु भएको छैन । गुरूड्को मोवाइल फोन उठदैन । पटक पटकको मोवाइलमा फोन गर्दा पनि उहाले उठाउनु भएको छैन । उहाको राजिनामाका सम्वन्धमा नगरप्रमुख बासुदेव घिमिरेसंग जिज्ञासा राख्दा आफुलाई कुनै जानकारी नभएको बताउनु भयो । नगरप्रमुख घिमिरेले हिजो र अस्तिका नगरपालिकाका बैठकमा गुरुगं सहभागि हुनु भएको र पर्सी संबिधान दिवशको दिन आयोजना गरीएको प्रतियोगिताको समेत संयोजक भई काम गरीरहेको बताउनु भयो ।नेकपा एमालेका तर्फबाट निर्वाचित गुरुगंले आफनो पारश्रमिक समेत सामाजिक क्षेत्रमा लगाउदै आउनु भएको छ ।
गुरूड्ले सामाजिक सञ्जालमा दिनु भएको राजिनामाको पुर्णपाठ
आदर्णिय् मेरा तिलोत्तमा वडा नम्बर १५ बासी
बिषय : पद राजीनामा बारे
उपरक्त बिषय म मलाई तपाईहरूले जसरी चुनावी समयमा
जसरी बिजयी माया दिएर समय दिएर आर्थिक दिएर सर्व सम्मत बिजयी गराउनु भयो त्यस प्रति हार्दिक नमन क्रितक्य अभिवादन गर्दै स(धन्यवाद दिदै मैले मेरो वडालाई भनेको काम मा प्रतिबध्यता हरू पुरा गर्नु न सकेको ले मलाई क्षमा याचना भन्दै म जस्तो वडा अघक्ष्यले बिकास न गर्नु सक्नेलाई यस्तो जिम्मेवारी मा बस्नु उचित न हुनु भएको ले मैले आज मिति २०७५।६।१ गते यस गरीमय पद बाटी राजीनामा दिएको जानकारी गर्दछु
धन्यवाद
खेमराज गुरूड्