संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा रहेका एक सैनिक गोली लागेर घाइते भएका छन्।
अनमिस मिसन अन्तर्गत सुडानमा रहेको सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत एक सैनिक जवानको आइतबार बेलुका स्थानिय समय अनुसार साढे आठ बजे खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त सैनिक खतरामुक्त भएको र अहिले उनको दक्षिण सुडानमा सुडानको राजधानी जुवामा उपचार भइरहेको जनाइएको छ। गोली दक्षिण सुडानको पिपुल्स लिबरेशन आर्मीका जवानले चलाएको बताइएकाे छ।