गृहपृष्ठ खबर कपिलवस्तुको रामदतिवनको संरक्षणमा राज्य उदासिन

कपिलवस्तुको रामदतिवनको संरक्षणमा राज्य उदासिन

प्रकाशित मिति:

पौराणिक महत्व बोकेको श्रीराम दतिउन जलेश्वरधामको उचित संरक्षणमा राज्यले कुनै सहयोग गरेको छैन् । ऐतिहासिक तथा पौराणिक महत्वको रुपमा चिनिने कपिलवस्तुको वाणगंगा–१६ मा रहेको उक्त जलेश्वरधाम उचित संरक्षणको प्रखाईमा रहेको छ । तर राज्यबाट अझै कुनै सहयोग हुन नसक्दा संरक्षण अभावमा जलेश्वधामको महत्व विस्तारै हराउँदो छ । पुर्व पश्चिम राजमार्ग अन्र्तरगत कोइली बनगाई पुल देखि करिब २ सय मिटर अगाडी पानीको धाराबाट उक्त जलेश्वरधाम जाँनको लागी उत्तर लाग्नु पर्दछ । बाटो बाट करिब ७ किलोमिटर भित्रि घना जंगलको बिचमा राम दतिउन जलेश्वरधाम पर्दछ । त्यहाँ पौराणिक महत्व बोकेका पुरातात्विक बस्तु फेला पार्न सकिन्छ ।

पौराणिक मान्यता अनुसार रामदतिउन भगवान श्रीराम बास बस्नु भएको स्थल हो । त्रेता युगमा भगवान श्रीराम अजोदिया जाने क्रममा रामदतिउनमा आएर बसेको मानिन्छ । भगवान श्रीराम वनबास हिड्दा यस ठाउँमा आई एक रात बास बसेर दतिउन गरेको पौराणिक कथन रही आएको छ । त्यहि क्रममा सीतामाताले श्रीरामलाई भोजन पनि गराइकी थिइन । त्यहि पौराणिक मान्यता अनुसार यस ठाउँ धार्मिक हिसाबले उत्कृष्ट तीर्थस्थल मानिन्छ । यस ठाउँमा ऋषिको आश्रम, राम विश्राम, सिताको विन्दि, रामको धनुष, रामको पाइला, बिष्णु भगवान कक्ष औतार, लवकुशको धनुष, सिता कुवा, सिताको चुलो, रामको पाइला लगायतको पौराणिक वस्तुको आकृति हेर्न सकिन्छ । साथै भैरव बाबा, हनुमान प्रकट, लक्ष्मण र शक्तिशाली शिवजी प्रकट हुनु भएकोले तीर्थस्थलको लागी यो ठाउँ निकै महत्वको रहेको छ ।

अहिले श्रीराम दतिउनमा भोलेबाबाको बसोबास रहेको छ । उहाँबाट यस तीर्थस्थलको संरक्षण हुदै भक्तजनको लागी सेवामा भोलेबाबा समर्पित रहेका छन । भालेबाबा यस मन्दिरमा आएर काम गरेको कथा पनि निकै रोचक छ । वि.सं. २०६० सालको कुरा हो । सप्तरी जिल्ला भक्तेपुर गाविस वडा नं. ३ मा जन्मनुभएको भोले बाबा ७ बर्ष देखि देवि प्रकट हुन थालेको जनाइन्छ । सानै उमेरमा सपनामा बडबडाउने, काम्ने, जंगल पस्ने, खाना नखाने जस्ता उदृश्य शक्ति बोलेबाबालाई प्रकट भएको थियो । यहि क्रममा बोलेबाबा ९ बर्षको उमेरमा आएपछि एक्कासी सप्तरीबाट एक दैवि शक्तिले जंगलको बिचमा भगवान श्रीराम प्रकट भए , शिवजीको शक्ति पिठ भएको, रामको पाइला भएको ठाउँमा गई ध्यान गर तिमीलाई पुण्य हुन्छ भनी बताएको बोलेबाबाले बताए । त्यहि अदृश्य शक्तिको सहायताले यस रामदतिउन सम्म आएको उनले बताए । यस ठाउँमा आइ सके पछि सात दिन, सात रात जलमा डुबेर बसेको उनँले बताए । घना जंगलमा तपस्या गरे पश्चात ज्योतिष शिवलिङ्ग प्रकट हुनु भएको भोले बाबा बताउँछन ।

पछि घाँस, दाउरा खोज्न आउनेले भोलेबाबालाई देखे पछि रामदतिउनको प्रचार प्रसार भए पश्चात मानिसको आवत जावत बढेको उी बताउछन । जलबाट प्रकट हुनु भएका ज्योतिष शिवलिङ्गलाई बनमा गाई बाख्रा चराउन आउने मान्छेले यस्तो ढुङ्गो पनि देवता हुन्छ भनी लाति देखाए पछि सो शिवलिङ्ग हराएको भोलेबाबाले तर्क गरे । करिब तीन पटक सम्म शिव लिङ्ग देखिए पनि मानिसले नपत्ताई अपहेलना गरे पछि हराउन पुगेको उनी तर्क दिन्छन । धेरै समयको अन्तरालमा शिवलिङ्ग हराए पनि अचानक सोहि स्थानबाट जलेश्वर उत्पत्ती भए । शिवको महाशक्ति जलबाट उत्पत्ति पश्चात त्यस ठाउँलाई जलेश्वरधामको रुपमा हेरिने गरिन्छ । साथै हनुमान, राम, दुर्गा माता लगायतको त्यहाँ पुजाआजा गर्ने गरिन्छ । यसरी यो ठाउँ तीर्थ स्थलको रुपमा महत्वपुर्ण ठाउँको रुपमा मानिने गरिन्छ ।

कपिलवस्तुमा जिल्लामा प्रचार प्रसारको अभाव भएपनि रामदतिउनमा बाहिर जिल्लाका भक्तजनको घुइँचो लाग्ने गरेको छ । हाल यहाँ चितवन, तनहुँ, नवलपरासी, स्याङ्जा, पाल्पा, गुल्मि, अर्घाखाँची, प्युठान, दाङ हुदै डडेलधुरा सम्ममा भक्तजन आउने गरेका छन् । साथै भारतका विभिन्न स्थानहरुबाट यहाँ भक्तजन आउने गरेको भोले बाबाले बताए । बिशेषगरी तीर्थालुको साथै सिकिस्त बिरामीहरु यहाँ उपचारको लागी आउने गरेका छन् । बाबाले खासगरी चिनाको नाम, ग्रहदशा हेराउने गर्नुहुन्छ । साथै मानसकि रोगी, प्यारालाइसेस, मृगीरोग, सुगर लगायतका बिरामीको उपचार गर्दै आएका छन । यति धेरै पौराणिक महत्व बोकेको रामदतिउनको बिकासमा राज्यले कुनै पहल गरेको छैन् । पुर्व पश्चिम राजर्माग छोडेर हिड्दा वित्तिकै यस ठाउँ पुग्ने बाटो निकै अप्ठ्यारो छ । बर्खा लागे संगै अहिले अहिले बाटो हिलाम्मे छ । हिउँदमा बाटो धुलाम्मे हुन्छ । ऐतिहासिक स्थल भएको हुँदा भक्तजनहरु जसोतसो रामदतिउन जाने गरेका छन् । जंगलको बिचमा बन कार्यालयले ठुला ठुला रुखमा चिह्न लगाएको देख्न सकिन्छ । बन जंगलको वास्तविक संरक्षण गर्ने राज्यले पौराणिक महत्वको यस स्थललाई एक रुपैया पनि सहयोग गरेको छैन् । बरु भोलेबाबा बस्ने स्थलमा बन कार्यालयका कर्मचारीले बेला बेला दादागिरी मच्चाउने गरेको एक भक्तजनले बताए ।

पटक पटक बन कार्यालयका कर्मचारी काठ तस्कर गर्न बसेको भनी भोलेबाबालाई धक्काउने गरेको ती भक्तजनले नाम नबताउने शर्तमा बताए । बन कार्यालयको दबाबको कारण मन्दिर स्थापना गर्न निकै समस्या भएको भक्तजनहरुले बताए । मानसिक पिडाका बिरामीहरु लामो समय देखि त्यहि ठाउँमा बसोबास गर्दै आएका छन् ।भक्तजन बस्ने ठाउँ बनाउन ७ किलोमिटरको कच्चि बाटो हुदै इट्टाको गारो, जस्ताको छानो र फलामको बलोको मद्दतले साना साना टहरा निर्माण गरिएको छ ।गत बर्ष भारतको बृन्द्रबनधाम तुलसी बनबाटिकाबाट आउनुभएका श्री मथुरा स्वामीले नेपाल सरकारलाई रामदतिउनको संरक्षणमा जुट्न आग्रह गरेका छन ।

सम्बन्धित् समाचार