गृहपृष्ठ खबर लोकतन्त्रको रक्षा र पार्टीलाई मजबुत बनाउन कांग्रेस एक हुनुपर्नेःसभापति आचार्य

लोकतन्त्रको रक्षा र पार्टीलाई मजबुत बनाउन कांग्रेस एक हुनुपर्नेःसभापति आचार्य

प्रकाशित मिति:

पुर्व सिचाई राज्य मन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले लोकतन्त्रको रक्षाकालागि बर्तमान अवस्थामा कांग्रेस एकबद्ध हुनु पर्ने बताएका छन । दुई तिहाईको दम्भ देखाएर कम्निष्ठ सरकारले कांग्रेसलाई दबाउन खोजको बेला त्यस बिरुद्ध सशक्त प्रतिकार नर्ग कांग्रेसहरु एक ढिक्का हुनु पर्ने उनले बताएका छन । कपिलवस्तुको तौलिहवामा पार्टीको साबिक ३ नम्बर क्षेत्रीय कार्य समितिले राखेको कार्यकर्ता भेला कार्यक्रममा उनले कांग्रेस अब झन बलियो भएर आउने दाबी गरे । शान्ति सुरक्षाका बर्तमान सरकार असफल भएको र करका कारण जनता त्रसित भएकोले अब आउने ५ ब र्ष पछि फेरी कांग्रेस कै सरकार बन्ने उनले दाबी गरे ।

क्षेत्रीय सभापति गिरीजेश कुमार पाण्डेयको अध्यक्षता दिनेश पाण्डेयको संचालनमा भएको कार्यक्रममा पार्टी पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, खेमराज पौडेल, रामभजन कलवार, प्रकाश गैरे, माधव पराजुली, परमात्मा पाठक, देबी बर्मा राजशे वाली, गोपीकृष्ण शर्मा, श्याम नारायण पाण्डेय लगातयले मन्तब्य दिएका थिए ।

 

सम्बन्धित् समाचार