गृहपृष्ठ खबर कञ्चनपुरमा अपहरण गरी ९ महिने शिशु बलात्कृत

कञ्चनपुरमा अपहरण गरी ९ महिने शिशु बलात्कृत

प्रकाशित मिति:

गत बुधबार आमाको काखबाटै अपहरणमा परेकी अबोध बालिका बलात्कृत भएकी छन् । सुतेको बेला आमाको काखबाट अपहरणमा परेपछि ७ घण्टा पछि धानबारीबाट बालिकालाई ‘सकुसल’ फेला पारेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए । दिनभर तीजको रौनक भएपछि बेलुका आमा मस्त निन्द्रामा परेपछि ती अबोध बालिका अपहरणमा परेकी थिइन्। राती नै चौतर्फी हल्ला भएपछि १ बजेदेखि नै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले बिहान पौने ८ बजेतिर धानबारीमा फेला परेको थियो ।

बालिकाको योनीमा घाउ देखिएपछि बलात्कृत भएकी स्थानीयले जनाएको छ । अपहरण तथा बलात्कारीको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बालिकाको उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा र्पुयाएकी बालिकाको उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको छ । सेती अञ्चल अस्पतालका डा. राज्य खड्काले बालिकाको योनीमा गहिरो चोट लागेको हुँदा धनगढीमा उपचार सम्भव नहुँदा काठमाडौँ रेफर गरेको बताएका छन् ।

सम्बन्धित् समाचार