नवराज बेल्वासे,कपिलवस्तु असोज ३ कपिलवस्तु वाणगंगा ९ जिनुवाका एक युवा भदौ ३१ गते बाट सम्पर्क बिहिन भएका छन् । घरबाट घाँस ल्याउछु भन्दै हिँडेका ३२ बर्षका शोभाखर खनाल एकाएक संपर्क विहिन भएका हुन घरबाट निस्कनु भन्दा पहिले तिजमा माईत गएकी श्रीमतीसँग फोनमा कुरा भएको थियो । संपर्क विहिन भएका खनाललाई स्थानीय लगायत , सशस्त्र प्रहरी , मानव अधिकार कर्मी , नेपाल प्रहरी लगायतको टोलीले खोजी कार्य तिब्र पारे पनि हाल सम्म केही पत्ता लाग्न सकेको छैन l
घरबाट निस्किदा उनले हरियो टिसर्ट , चश्मा अनि खैरो पाईन्ट लगाएका थिए ।परिवारका सदस्य संपर्क विहिन भए पछी परिवार लगायत सबै तिर चिन्ता छाएको छ l