नेपाली काग्रेस बाणगंगा नगरपालिका वडा नः १ ले संविधान दिवसका अवसरमा अन्तरक्रिया कार्यत्रम सम्पन्न गरेको छ । नेपालीको ठुलो त्याग र बलिदानी पछि शुसिल कोइरालाको नेतृत्वमा बनेको संविधान पुर्ण कार्यन्वयन आवश्यक रहेकोमा सो अवसरमा बोल्ने बतmाले जोड दिएका थिए । बहुमतको आडमा सरकाले जनताको भावना विपरित काम गरेको बताउदै त्यस्ता कदम नसच्चिए नेपाली काग्रेस सडकमा आउने समेत उनीहरुले बताए । सो अवसरमा नेपाली काग्रेसका महासमिति सदस्य दुर्गा सेन, पुर्व महासमिति सदस्य दोलकराम घिमिरे, नेपाल नागरिक समाजका जिल्ला अध्यक्ष युवराज केसि, काग्रेस नेता कृष्ण गुरुङ, दयाराम पौडेल वडा अध्यक्ष मनिराम शर्मा, सचिव झलक मल्ल लगायतले आआफनो धारणा राखेका थिए ।
काग्रेसद्धारा संविधान दिवसको अवसरमा अन्तरक्रिया

