गृहपृष्ठ खबर चालकहरुको आन्दोलन फिर्ता

चालकहरुको आन्दोलन फिर्ता

प्रकाशित मिति:

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलन फिर्ता लिएको छ । सरकारले भाद्र १ गतेबाट लागू हुनेगरी ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै समितिले सुरु गरेको आन्दोलन सर्वसाधारणको मागलाई मध्यनजर गर्दै आजदेखि आन्दोलन फिर्ता लिइएको बताइएको छ । सवारी चालकहरुले गरेको बन्दका कारण आज पनि कपिलवस्तु लगायत प्रदेश ५ का सर्वसाधारणहरु मारमा परेका थिए ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै ३ दिनदेखि चालकहरु संघर्षमा उत्रिएका थिए । बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधन चल्न नसकेपछि यात्रुलाई गन्तब्यमा पुग्न निकै सास्ती भईरहेको छ । चाडबाडको समयमा गाडी बन्द गरिँदा दशैँका लागि भारतमा रोजगारी गरेर घर फर्किने यात्रु ३ दिनदेखि सिमाक्षेत्रमै अलपत्र पर्ने गरेका छन् । दुर्घटनामा चालकहरुलाई आजीवन काराबास गर्ने लगायतका निर्णय आफुहरुलाई मान्य नभएकोले आन्दोलनमा गर्नु परेको चालकहरुको भनाइ छ ।

ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने ब्यवस्था गरेको प्रति उनीहरुको असन्तुष्टि छ । दुर्घटना चालकको लापरवाहीले नभई भईपरि आउने समस्या र प्राविधिक कारणले हुने गरेको उनीहरुको भनाइ रहेको छ

सम्बन्धित् समाचार