गृहपृष्ठ खबर अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्ध गम्भिर घाईते

अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्ध गम्भिर घाईते

अर्घाखाँचीको शितगंगा नगरपालिकामा आज विहान जङ्गली भालुको आक्रमणमा ७० वर्षीय एक वृद्ध घम्भिर घाईते भएका छन् । शितगंगा नगरपालिका वडा नं १० काठेखोला निवासी मान बहादुर नेपाली गम्भिर घाइते भएका हुन । विहानको करिब ४ बजे तिर आफ्नै कोदो बारीमा कोदो खान लागी रहेको भालुलाई आफ्नै गोरु सम्झी धपाउन जाँदा भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट उनलाई टाउको, तिघ्रा, पेट र गुप्ताङमा समेत गहिरो चोट लागेको बताईएको छ । उनलाई थप उपचारका लागी बुटवल पठाइएको शितगंगा १ं० का वडाध्यक्ष हिम्मत पोख्रेलले जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार