गृहपृष्ठ खबर नेपाल लाईफ ईन्स्योरेन्स जितपुर उपशाखाद्धारा जीवन विमा अभिकर्ता तालिम

नेपाल लाईफ ईन्स्योरेन्स जितपुर उपशाखाद्धारा जीवन विमा अभिकर्ता तालिम

प्रकाशित मिति:

नेपाल लाईफ ईन्स्योरेन्स ४ नं. जितपुर उपशाखाद्धारा आयोजित जीवन विमा अभिकर्ता तालिम सम्पन्न भएको छ । हिजो देखि सञ्चालन गरिएको उक्त तालिम आज समापन गरिएको हो । कम्पनिले सञ्चालन गरेको तालिममा कम्पनिका सिनियर एजेन्सि म्यानेजर धातानन्द भुसाल र उपशाखा प्रमुख अर्जुन भुसालले सहजिकरण गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनिका सिनियर एजेन्सि म्यानेजर धातानन्द भुसालले नेपालमा भएका जीवन विमा कम्पनि मध्ये नेपाल लाईफ ईन्स्योरेन्समा सर्वाधिक चुक्तापुँजि र सर्वाधिक बोनसदर भएकाले नयाँ प्रशिक्षित अभिकर्ताहरुलाई वजारमा वीमा व्यावसाय गर्न सहज हुँने बताए । साथै कम्पनिले जीवन विमा अभिकर्ता तालिममा ईच्छुक र आवश्यक शैक्षिक योगयता भएका वेरोजगार युवा युवतीलाई तालिममा सहभागि गराई अर्थिक आयआर्जन गर्न सकिने विषयको जानकरि गराउँदै समाजमा रहेका हरेक सक्षम ब्यक्ति तथा परिवारसरलाई विमाको महत्व तथा आवश्यकता वारे अवगत गराई सर्वोत्तम बचत र आर्थिक सुरक्षाका प्रत्याभुति कम्पनिले प्रदान गरेको स्पष्ट पारे ।
तालिममा कम्पनिका एजेन्सि म्यानेजर, व्यावसाय संयोजक, अभिकर्ता र २५ जना नर्याँ प्रशिक्षार्थि अभिकर्ताहरको सहभासगता रहेको थियो ।

सम्बन्धित् समाचार