मुहान युवा क्लवको आयोजनामा जिल्लास्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका ३ राजापानीमा यही असोज १५ देखि २७ गतेसम्म जिल्लास्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुन लागेको हो ।े खेलमा जिल्ला भित्रका १६ समुहको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले एकाउन्न हजार शिल्ड, मेडल र प्रमाणपत्र त्यस्तै द्धित्तिय हुनेले पैत्तिस हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लवका अध्यक्ष प्रकाश सेनले बताए । साथै सो अवसरमा आठौं राष्ट्रीय खेलकुद प्रतियोगितामा फुटवल खेलका लागी जिल्ला खेलाडी समेत छनोट हुने फुटवल सघंका अध्यक्ष राम सेनले बताए । आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता मंसिर १८ गतेबाट नेपालगञ्जमा हुने भएकाले फुटवल खेलाडीलाई सहभागि हुन उनले आग्रह समेत गरेका छन ।
मुहान युवा क्लवको आयोजनामा असोज१५ बाट फुटवल प्रतियोगिता
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे
३ घण्टा अघि
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
३ घण्टा अघि