काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाटै आउने दाबी गरेका छन् ।‘कोइराला परिवारको नेपाली काँग्रेसमा ठुलो लगानी छ । त्यसैले अवको महाधिबेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले दावी गर्नु स्वभाविक हो’ महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा भने, ‘मभन्दा शेखर दा सिनियर हुनहुन्छ । हामी सल्लाह गर्छौ । सुजता दिदीसँग पनि सल्लाह गरेर तीनमध्ये एक सभापति हुन्छौँ ।’
कार्यकर्ताको माया र चाहना अनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनको भनाई थियो । ‘शेखर दा, म र सुजतामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं । हाम्रो परिवारको पार्टीमा धेरै ठुलो लगानी छ । अनि कार्यकर्ताको पनि कोइराला परिवारबाटै सभापति छानियोस् भन्ने चाहाना छ’ महामन्त्री कोइरालाको जिकिर थियो ।