गृहपृष्ठ खबर आलुको बोरामा एक करोड १४ लाख भेटियो

आलुको बोरामा एक करोड १४ लाख भेटियो

प्रकाशित मिति:

कैलालीको भजनी नगरपालिका-३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३०० सहित एक जना पक्राउ परेका छन् । लम्कि चुहा नगरपालिका-१ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको हो । से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले बताए ।
उनले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताए। डीएसपी सिंहका अनुसार १ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ पक्राउ गरिएको हो। पक्राउ परेका जैसी लम्किका व्यापारी हुन् ।

सम्बन्धित् समाचार