गृहपृष्ठ खबर ३ किलो सुन काठमाडौंमा बरामद

३ किलो सुन काठमाडौंमा बरामद

प्रकाशित मिति:

फाइल फोटो

फाइल फोटो

प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडौं भित्रिएको ३ किलो सुनसहित दुई जना भरियालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले टोखामा दुई युवाका साथबाट १२ थान सुनका टुक्रा बरामद गरेको हो। पक्राउ परेका आरोपीले बेल्टमा बल्स बटम बनाएर सुनका टुक्रा लुकाएका थिए।

परिसर प्रमुख बसन्तकुमार लामाले केरुङ नाकाबाट मोटरसाइकलमा आएका उनीहरुलाई सूचनाका आधारमा पक्राउ गरिएको बताए। प्रहरीका अनुसार सोमबार राती रसुवाबाट मोटरसाइकलमा आएका पेम्वा लामा र नरबहादुर घललाई चेकजाँच गर्दा बेल्टमा लुकाएको अवस्थामा सुन बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले केही समयमा पत्रकार सम्मेलन आयोजना गरि बिस्तृत जानकारी दिने तयारी गरेको छ।

सम्बन्धित् समाचार