गृहपृष्ठ खबर समाजसेवी ज्ञवालीकाे नेत्र ज्याेति संघ कपिलवस्तुकाे अध्यक्ष पदमा उम्मेदवारी घोषणा

समाजसेवी ज्ञवालीकाे नेत्र ज्याेति संघ कपिलवस्तुकाे अध्यक्ष पदमा उम्मेदवारी घोषणा

नेपाल नेत्र ज्याेति संघ कपिलवस्तुकाे अधिवेशनमा समाजसेवी युवा राजेश ज्ञवालीले अध्यक्ष पदमा उम्मेदवारी  दिने घाेषणा गर्नु भएकाे छ । असोज १९ र २० गते ताैलिहवामा हुन गइरहेको संघको अधिबेशनमा वर्तमान कार्यवाहक अध्यक्ष ज्ञवालीले उम्मेदवारी दिने घोषणा गर्नु भएकाे हाे ।

ज्ञवाली अाफुले विगत १५ बर्ष देखि संघको विभिन्न पदमा बसी काम गर्दे आइरहेको बताउनुभयो । ज्ञवाली युवा नेता तथा समाज सेवीको रुपमा परिचत रहनु भएकाे छ । अाफु संघकाे कार्यवाहक अध्यक्ष समेत भइसकेका कारण यस पटक संघकाे अवस्था सुधारका लागि अाफ्नाे उम्मेदवारी रहने बताउनु भयाे । संघकाे अध्यक्ष पदका लागि रमेश शर्मा र राम दयाल ठाकुरकाे पनि नाम चर्चामा रहेकाे छ ।

सम्बन्धित् समाचार