गृहपृष्ठ खबर आर्टिजन बोरिङ संचालनमा रोक लगाउनु पर्ने माग माग

आर्टिजन बोरिङ संचालनमा रोक लगाउनु पर्ने माग माग

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० स्थित पिपरा हवामा जडान गरिएको आर्टिजन बोरिङले गर्दा पानीको मुहान सुकेर नलमा पानी आउन छाडेको बिषयमा ३ गाउका ५० बढी जनताहरु बुधवार प्रशासन कार्यालयमा डेलीगेस गएका छन । उनीहरुले सो आर्टिजन बोरिङले गर्दा दउपुरा, लाहरौला र पिपरहवामा रहेको नलहरु सुकेर पानी नआएको भन्दै पमुख जिल्ला अधिकारि अर्जुन प्रसाद पोख्रेललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

पिराहवामा रहेका केही ब्यक्तिको निहित स्वार्थ र सोनु ईटा भट्टा उद्योगलाई मात्र फाईदा पुग्ने गरी जडान गरिएको आर्टिजन बोरिङले गाउमा खानेपानीको हाहाकार भएको ८० बर्षे फुचन्द केवटले बताए ।

पोख्रेलले ज्ञापन पत्र बुझ्दै समस्या समाधानका लागि पहल गर्ने बताए । दाङमा रहेको भुमीगत सिंचाईले सो बोरिङ २ बर्ष अघि जडान गरेको थियो । त्यहा प्राबिधिकहरुलाई त्यस बारे जानकारी गराउने र समस्याको समाधान गरिने पोख्रेलले बताए । ४ सय मिटरमा तलका पानी तान्ने गरी बोरिङ जाडन गरिउको थियो । तर ढेड सय देखि चार सय मिटर भित्रको लेयरमा जाली लागईएकोले यस्तो समस्या आएको गाउँलेहरुले बताएका छन् ।

सम्बन्धित् समाचार