नवलपरासीको माकर ४ बर्दघाटमा जन्मिएर हाल रुपन्देहीको सैनामैनामा स्थाई बसोबास गर्ने अमित बराल जस्ले नेपाल आइडलमा हजारौँ प्रतिस्पर्धी हरू लाई उछिन्दै टप १२ मा आफूलाई सुरक्षित राखेका छन्, !
नेपाल आइडल सिजन २ मा भैरहवा बाट अडिसन दिएका अमितले अडिसन राउण्डमै निर्णायकहरूको मन जित्न सफल भएका थिए हाल आइडलका विभिन्न चरणहरू पार गर्दै टप १२ मा आफूलाई सुरक्षित राखेका छन् !
https://www.youtube.com/watch?v=4ugSU0SL9fE
सामान्य परिवारमा जन्मिएका अमित असाधारण क्षमताका कारण अहिले लाखौँ दर्शक श्रोताहरूका प्रिय बनिरहेका छन् बुवा वैदेशिक रोजगारीको सिलसिलामा कतार हुनुहुन्छ भने घरमा आमा बैनी र भाइ रहेका छन् जिन्दगीको विभिन्न काल खण्डमा सङ्गीत साधना र आर्थिक अवस्थाका कारण बुटवलका विभिन्न क्लबहरूमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने गरेका अमितले आफ्नो गायनको प्रेरणाको रूपमा आफ्नो स्वर्गीय दाजु लाई लिने गरेका छन !
शालीन र मिलनसार स्वभावका अमित साथीहरू माझ पनि प्रिय रहेको जनकपुरका सौरभ राज चौहानले बताए , अडिसन , पियानो राउन्ड पार गर्दै गाला राउन्ड सम्म आइपुगेका अमितले नेपाल आइडल सिजन २ को उपाधि जित्नेमा आफू ढुक्क रहेको स्याङ्जाका दीपेन्द्र भट्टराईले दाबी गर्नु भयो !
सङ्गीत साधना र गायनमा व्यस्त अमित बराल लाई आगामी यात्राका लागि हाम्रो पनि शुभकामना !!