गृहपृष्ठ मनोरञ्जन बुटवल का अमीत बराल गाला राउन्ड मा प्रवेश, अबको निर्णय जनताको हातमा ,

बुटवल का अमीत बराल गाला राउन्ड मा प्रवेश, अबको निर्णय जनताको हातमा ,

प्रकाशित मिति:

 – मधुर आवाज का धनी, मिलनसार कर्णप्रिय बुटवल का अमित बराल को अहिले देशैभरी चर्चा छ !

सामान्य परिवारमा जन्मिएका अमित असाधारण क्षमताका कारण अहिले लाखौँ दर्शक श्रोताहरूका प्रिय बनिरहेका छन् ! नेपाल आइडल सिजन -२ का उत्कृष्ट १२ प्रतियोगी मध्य का बराल अन्ततः गाला राउन्डमा पर्न सफल भए ! बुवा वैदेशिक रोजगारीको सिलसिलामा कतार हुनुहुन्छ भने घरमा आमा बैनी र भाइ रहेका छन् !!

जिन्दगीको विभिन्न काल खण्डमा सङ्गीत साधना र आर्थिक अवस्थाका कारण बुटवलका विभिन्न क्लबहरूमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेका अमितले आफ्नो गायनको प्रेरणाको रूपमा आफ्नो स्वर्गीय दाजु लाई लिने गरेका छ्न ! सायद दाजुको प्रिय माया र आशिर्वाद ले पनि होला अमित अहिले देश कै संगीत प्रेमीहरुको नजरमा लालायित छ्न , प्रिय बनिरहेका छन ! अमीत बराल लाई नेपाल आइडल बनाउने यो अभियानमा जुट्नु भएका बिकाश बोलखे सिजन -१ देखी नै सच्चा कला र गलाको पुजा हुनुपर्छ भन्नू हुन्छ !

https://www.youtube.com/watch?v=TwJO2FQbDkY

र यो कला को अभियान यो गला को अभियान मा सौरभ राज चौहान को पनि सिङ्गो देश ब्यापी अभियानमा विशेष भुमिका रहेको छ ! जापान मा रहनुहुने र सबै सधै देश को कला र गला को उच्च सम्मान गरिरहने – दिपेन्द्र भुसाल जि यो अभियान मा अत्यन्तै विशेष रुपले लागिरहनु भएको छ , अमीत बराल सङ्गै ब्याण्डमा कार्यरत हुदा देखि अहिले सम्म सारिरिक अस्वस्थता भएपनी यो कार्यमा भाइ किरण बराल को विशेष भुमिका रहेको बताउनुहुन्छ !

https://www.youtube.com/watch?v=Yxv6ak-10Xc

अमीत बराल, र नेपाल आइडल सङ्ग जानकारी प्राप्त भएअनुसार आजबाट भोटिङ लाइन पनि सुरु भैसकेको खबर प्राप्त भैरहेको छ ! सिजन -1 मा पनि बुटवल बाट बैनी सुजाता पाण्डे पाँचौ दाबेदारी आफ्नो हकमा सुनिश्चित गरेकी थिइन एसैले पनि सम्पुर्ण लुम्बिनी बासी अमीत बराल ले आफ्नो बर्चस्व बनाउने मा निश्चितै जस्तैः भएको जनाउछन ! पियानो राउन्डमा समकक्षी हिना मल्ल बराइली सङ्गै – इसारा ले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन बोलको गितले त झन अमीत लाई सिखर नै चडायो ! जजहरु को उत्कृष्ट माया, सल्लाह अनि सुभ चिन्तकहरुको प्यारो सपोर्टले त बराल लाई अहिले बाटै नेपाल आइडल भैसके को भन्न पनि भ्याए ! जज न्युह बज्राचार्य !!

काली प्रसाद बास्कोटा, इन्दिरा जोशी को पनि खुब सकारात्मक अभिव्यक्ति पायका अमीत आफैमा पनि यो आइडल आफुले जितेमा देशलाइ सङ्गीत को नयाँ धार पस्किने ( हास्दै) बताउछ्न! थिएटर राउन्डमा सुगम पोख्रेल को “मायाले बोलेको बोली मीठो भो” भन्ने गित मा त आफ्नो आवाज को जादु बेस्सरी छरिदिए समकक्षी श्रीजना कार्की सङ्गै, मन्त्र ब्याण्ड को सधै सधै, अनि के यो माया हो जस्ता गित गाएर चर्चामा रहेका अमीत लाई अझैसम्म पछाडि फर्कनै परेको छैन !!

, र यो यात्रा लामो रहने मा नेपाल आइडल का जज हरु पनि ढुक्क रहेको बताउछन ! राइज एण्ड रेस्पेक्ट अनलाइन भोटिङ पार्टनर रहेको ले बिदेशमा बस्नुहुने सबैले यो याप्स डाउनलोड गरेर कम्तिमा – ५०० भोट गर्न सक्ने छन् ! अनि नेपाल बाट प्रतेक सिम बाट अनलिमिटेड भोट गर्न सकिने छ र एउटा सिम बाट – रेस्पेक्ट एण्ड राइज को याप्स बाट ५०० भोट गर्न सकिने कुरा संबंधित निकाय बाट जानकारी प्राप्त भएको छ !!

म्यासेज बक्समा गएर ( 01) टाइप गरी 31009 मा म्यासेज गर्नु पर्ने अनि यो म्यासेज अबधी हरेक बिहिवार साझ 8:30 देखि हरेक शुक्रबार राती 12:00 सम्म खुल्ला रहने कुरा बिकास बोलखे ले जनाउनु भएको छ ! अडिसन राउन्ड देखि नै कला को मूल्य बुझ्नु भएका बिकास बोलखे को यो कार्यमा विशेष भुमिका रहेको छ ! र वहाँ को देश बिदेश मा सकारात्मक सामाजिक भुमिका रहेको छ !

सम्बन्धित् समाचार