गृहपृष्ठ खबर कपिलवस्तुमा १ करोड बढीको अबैध मालसामान बरामद

कपिलवस्तुमा १ करोड बढीको अबैध मालसामान बरामद

प्रकाशित मिति:

हिन्दुहरुको महान चाड दशै तिहार नजिकिएसंगै प्रहरीले चोरी तस्कारी नियन्त्रकालागि नाकाहरुका बिशोष निग्रानी थालेको छ । प्रहरीले नाकामा सििक्रयता बढाएसंगै तस्कारीमा न्युनीकरण आएको प्रहरीले जनाएको छ । प्रहरीले कडाई गरे पछि भन्सार राजूस्वमा बृद्धि भएको छ । यस्तै अबैध मालसामान समेत बरामद हुनेक्रम पनि बढेका प्रहरीले जनाएको छ । यसैक्रममा प्रहरीले चार महिनाकमो अवधिमा १ करोड बढीको अबैध मालसामान बरामद गरेका छ । भारतकोबाट निकासी गरीरहेको अवस्थामा पक्राउ गरी सो मुल्य बराबरको मालसामान भन्सार चलान गरेको हो । जिल्ला प्रहरी कार्यालयद्धारा तौलिहवामा आयोजित पत्रकार सम्मेन गरी प्रहरी सो तथ्यांक सार्बजनिक गरहेको । प्रहरी अनुसार भन्सार छली गरी ल्याईएका लत्ताकपडा, ईलेक्ट्रोक्सि सामान, केरानाका सामान लगायतका बरामद गरिएको हो । प्रहरी निरिक्षक गोबिन्द रावलले जिल्लामा प्रहरी उपरिक्षक मनोज कुमार यादव आए सगै सो मुल्यका सामाग्री र चौपाया भंसार बुझाईएको जनाए ।

यस बर्षको जेठ देखी अहिले सम्म ९० लाख ९१ हजार २ सय ३ रुपैयाका भंसार छलीका सामाग्री र २२ लाख ४० हजार मुल्यका अबैध रुपमा भित्राईएका चौपाया भंसार बुझाईएको जनाईएको हो । सो सगै सिमा क्षेत्रबाट भित्रिएका ८ लाख ८८ हजार ५ सय मुल्यका चल्ला र कुखुरा बरामद गरि नष्ट गरिएको, २ लाख ७२ हजार १ सय ७ रुपैया बराबदको काठ बरामद गरि वन कार्यालयमा बुझाईएको र ३७ हजार ३ सय ७० बराबरको अबैध मदिरा बरामद गरि नष्ट गरिएको रावलले जनाए । सोही अबधीमा मोटरसाईकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ गरि २ थान स्कुटी सहित २९ मोटरसाईकल बरामद गरिएको, लागु पदार्थ सहित २५ व्यक्तिलाई नियन्त्रणमा लिईएको तथा बिभिन्न मुद्दाका १५ फरार प्रतिबादी नियन्त्रणमा लिईएको उनले जनाए । ‘ प्रहरीले ६३ किलो मिटरको सीमा नाकामा बिशेष अभियान चलाएको छ ’ प्रहरी उपरिक्षक मनोज यादवले भने ‘ जसले गर्दा भन्सारको राजस्ूव समेत बढेको छ ’ । सीमा नाकामा निग्रानीकालागि १३ वटा प्रहरी चौकी छन ।

सबै चौकीहरुलाई तस्कारी नियन्त्रणकालागि कडा निर्देशन दिईएको उनले बताए । बिशेषगरी कृष्णनगर नाका, सुठौली, चाकरचौडा लगयतका एक दर्जन नाकाहरुमा निग्रानी बढाईएको उनले बताए । नेपाल प्रहरी सहितका सुरक्षा निकायको सक्रियताकै कारण कृष्णनगर भंसारलाई गत आर्थिक बर्षमा दिर्ईएको भंसार लक्ष्यको डेढ गुणा बढि भंसार राजश्व संकलन भएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले दावी गरे । जिल्लामा ६३ किलो मिटर खुल्ला सिमा रहेको अवस्थामा सबै अवस्थामा प्रहरी पुग्न नसक्ने भएकाले नागरिकस्तरको पनि सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

सम्बन्धित् समाचार