सप्रीरहेको धान बालीलाई आवश्यक भएको बेल बर्षा नहुदा कपिलवस्तु कृषकहरु चिन्तित बनेका छन् । चर्को घामले धान बाली डढ्न थालेको कृषकहरु बताउँछन । लामो समय देखि पानी नपर्दा धानको बाली सुक्न थाले पछि जिल्लाका कृषकहरु चिन्तित बनेका हुन् । धानको दाना पसाउने बेलामा समेत बर्षा नभए पछि उनीहरु चिन्तामा डुबेका हुन् ।
सिचाई सुबिधा अभावका कारण आकाशे पानीमा भरपर्दै आएका कृषकहरु सप्रीरहेको धानलाई चाहिने बेलामा समेत बर्षा नभए पछि ईन्तु न चिन्तुको अवस्थामा पुगेका छन् । चर्को अभावले खेतमा रसायनिक मल समेत हाल्न नपाएर मारमा परेका उनीहरु पानी नपरे पछि झन पीडित बनेका छन् । कृष्णनगरको नगरपालिको भगवानपुरका कृषक प्रभाकरमणी त्रिपाठीले दाना पसाउने बेलामा पानी नपार धान सुक्दै गएको दुःखेसो पाखे ।
लामो समय देखि बर्षा नभए पछि खेतमा रहेको धान ढड्न थाले पछि उनी अहिले निकै चिन्तित बनेका छन् । घरमा रहेका धान चामल बेचेर बल्लतल्ल पैसाको जोहो गरी गत साउनमा ४ बिघा खेतमा धान रोपेका थिए । जिल्लामा मल नपाए पछि सरसापट लिइ भारतबाट मल किनेर खेतमा मल छरेका कृषक त्रिपाठी लगानी र परिश्रम खेर जाने अवस्थामा पुगेको बताउछन् । नेपाल किशान संघका जिल्ला अध्यक्ष चर्तुभजीमणि त्रिपाठीले धानलाई आवश्यक परेको बेला पानी नपरे पछि जिल्लाका कृषकहरु मारमा परेको बताए ।
लामो समय देखि बर्षा नहुदा पसाउन लागेको धान खेतमा पानी नहँुदा सप्रीरहेको धानको गाना र पसाईरहेको बाला सुक्न लागेको बताए । । नहर र कुलोको सुबिधा भएका केही कृषकले मात्र खेतमा सिंचाई गर्न पाएका छन् । अहिले अधिकांस कृषकहरुले पानी नपरे पछि पम्पसेटले सिंचाई गर्न बाध्य छन् । कृषि ज्ञान केन्द्रका प्राबिधिक अहमद खाँले एक हप्ता भित्र पानी नपरे धान उत्पादनमा धेरै असर पुग्ने बताए । कपिलवस्तु जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । २० हजार भन्दा कम हेक्टरमा मात्र सिंचाई सुविधा रहेको छ । अहिले बर्षा नहुदा गहँु बालीलाई समेत असर गर्ने कृषि प्राबिधिकहरु बताउँछन ।