गृहपृष्ठ खबर अर्घाखाँचीमा दुर्घट्ना : एकै गाँउका १५ घाइते ७ को अवस्था गम्भीर

अर्घाखाँचीमा दुर्घट्ना : एकै गाँउका १५ घाइते ७ को अवस्था गम्भीर

प्रकाशित मिति:

गोरूसिङगे सन्धिखर्क सडक खण्डको अर्घाखाँचीको सितगंगा नगरपालिका –२ भुवनपाटा फलाचौरको मोडमा मलामी बोकेर फर्कदै गरेको जीप मंगलबार बिहान दुर्घटना हुदाँ एकै गाँउका १३ जना घाइते भएका छन् । नवलपरासी जिल्लाको त्रिवेणीमा सवको अन्यष्टी गरि अर्घाखाँचीको मालारानी गाउँपालीका हंसपुर – ६ तर्फ जादै गरेको लु १ ज २३६९ नम्वरको सवारी जिप दुर्घटना हुदा अर्घाखाँची मालारानी ६ हंशपुर रतनमारेका ४३ बर्षिय नर बहादुर पुन ,सोहि ठाँउका ५४ बर्षिय टिका बहादुर पुन, ३५ बर्षिय ज्ञान बहादुर पुन, ४२ बर्षिय यज्ञ बहादुर पुन,२४ बर्षिय भबिश पुन, २८ बर्षिय बालकृष्ण शाह, २९ बर्षिय अर्जुन पुन, २३ बर्षिय नारायण अधिकारी घाईते भएका छन् । यस्तै मालारानी ५ का २३ बर्षिय बिशाल बस्नेत, ४५ बर्षिय शिव बहादुर घर्तिमगर, ४८ बर्षिय उदय पुन, ४८ बर्षिय बम बहादुर पुन र २७ बर्षिय सुरेश पुन घाईते भएका छन् । घाईते मध्ये बाल कृष्ण शाह , बिशाल बस्नेत, बम बहादुर पुन, यज्ञ बहादुर पुन, उदय पुन, टिकाराम पुन र नर बहादुर पुनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

उनिहरूको बुटवल अन्चल अस्पतालमा उपचार भैरहेको छ । लामो समय अनिन्द्रा रहेका चालक रातको समयमा गाडि चलाउदा सुतेपछी गाडि दुर्घटना भएको घाईतेले बताए । सडक बाट जिप करिब २ सय ५० मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटना भएको थाहा पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडा बाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानिय बासीन्दा घटनास्थलमा पुगेर उद्दार गरेका थिए ।

यस्तै सोहि दुर्घटनामा आफन्त परेको थाहा पाएपछी अर्घाखाँची मालारानी ६ बाट घटना स्थलमा उद्दार गर्न आउदै गरेको लु ३९ प ६४३ नम्बरको मोटरसाईकल बिपरित दिशा बाट जादै गरेको बा २ झ २१३६ नम्बरको स्कारपियो पिकअप सँग घटनास्थल नजिकै एक आपसमा ठोक्किदा सोहि अर्घाखाँची मालारानी ६ का ३६ बर्षिय मोटरसाईकल चालक हिरा सिंह घर्तिमगर र सोहि ठाँउका पछाडी सवार गरेका हुम बहदुर पुन (बले) गम्भिर घाईते भएका छन् । घाईते मध्ये हुम बहादुर पुनलाई थप उपचारका लागी बुटवल लगिएको छ भने चालक हिरा सिङको स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार