गृहपृष्ठ पत्रपत्रिका बाट निर्मला हत्यामा त्रुटि भएकै हो, छिट्टै अपराधी सार्वजनिक गर्छौ : महानिरिक्षक खनाल

निर्मला हत्यामा त्रुटि भएकै हो, छिट्टै अपराधी सार्वजनिक गर्छौ : महानिरिक्षक खनाल

प्रकाशित मिति:

सोलुखुम्बु । प्रहरी महानिरिक्षिक सर्र्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्विकार गरेका छन् । मंगलवार रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महानिरिक्षक खनालले त्रुटि गर्ने प्रहरीलाई निलम्बन गरिएको र हदैसम्मको कार्वाही हुने बताए ।

नेपाल प्रहरीमा खराब ब्यक्तिलाई कुनै स्थान नदिईने भन्दै कार्वाही गरेर प्रहरीको छवि उच्च पार्ने उनले बताए । उच्च स्तरीय प्रविधिको अभावका कारण निर्मला प्रकरणको दोषी पत्ता लगाउन समस्या भएको भन्दै उनले छिट्टै अपराधीहरुको पहिचान गर्ने दाबी गरे । जनताको प्रहरी बनाउने आफ्नो मिसन रहेको उल्लेख गर्दै महानिरिक्षक खनालले बलात्कारका घटना न्युनिकरणमा सबैको हातेमालोको आवश्यक्ता औँल्याए । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

अप्रेसन गरेको २४ घण्टा नपुग्दै भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु

चितवन । भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० बर्षिय तुलसी मगरको मृत्यु भएको हो । अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजमको समस्या देखिएका कारण मृत्यु भएको बताए ।

यस्तो समस्या अप्रेसन गरेका विरामी, गर्भवती ,क्यान्सर लगाएतको रोगका विरामीलाई देखिने गरेको उनले बताए । सुत्केरीलाई सोमवार बेलुका १० बजेदेखी समस्या देखिएको र तत्काल आइसियूमा भेन्टिलेटर राखेर उपचार गरिएपनि बचाउन नसकिएको उनले बताए । समस्या देखिएको पाँच घण्टापछि सुत्केरीको मृत्यु भएको उनले जानकारी दिए । वच्चा भने शकुसल रहेको डा। अधिकारीले बताए । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

‘ओलीको बोली उल्टो’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन्। चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ घरघरमा पुग्या छन्, उनले जे बोल्यो त्यही पोलिसी हुन्छ तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुन्छ, मान्छेले पत्याउँदैनन्, हाँसेर उडाउँछन् ।’ चीनले गरेको विकासबारे जानकारी गराराउने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

ग्वाङझाउ प्रान्तबाट छुट्टिएको ३० वर्षमै हाइनानले उच्चस्तरको विकास गरेको उनले बताए । शासकीय पद्धतिले पनि विकासमा असर पार्ने उनको भनाइ थियो । ‘हाम्रो सिस्टम फरक छ, केही गर्न खोज्यो के–के प्रक्रिया मिलाउनुपर्छ, अध्ययन गर्नुपर्छ’, मुन्यमन्त्री गुरुङले भने, ‘तर कतिपय मामिलामा हामी अगाडि पनि छौं, विकासका लागि संघ र प्रदेशबीच सहकार्य चाहिँदोरहेछ, आफ्नो विशेषतामा आधारित रहेर विकास गर्नुपर्दोरहेछ भन्ने हामीले चीनबाट सिकेर आयौं।’

तीन दशकमै हाइनान प्रान्त ‘प्याराडाइज’ (स्वर्ग) जस्तो बन्नुको पछाडि त्यहाँका शासकको दीर्घकालीन सोच, जनतामा अपनत्वको भावना र शासन प्रणाली नै मुख्य रहेको आफूले पाएको उनले बताए। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

बलात्कार मुद्दामा चिकित्सकको राय बाझियो

काठमाडौं १७ असोज-१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् पीडितको शारीरिक अवस्थासँगै उचाईमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको छ ।

धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ गत भदौ ८ गते राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव रेग्मीका अनुसार स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका काउन्सिलमा लेखि पठाइएको छ ।

जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा.विजयकुमार सिंह र रम्भा गोइतले तयार पारेको स्वास्थ्य प्रतिवेदनमा बालिकाको यौनांग सामान्य रहेको र बलात्कार नभएको उल्लेख छ तर, जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिच्छेद भएको, गाला टोकिएको र बलात्कार भएको उल्लेख छ अञ्चल अस्पतालका चिकित्सकद्वयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिन समेत ढिलाइ गरेको प्रहरी स्रोतले बतायो ९ भदौमा परीक्षण गरेका चिकित्सकले एघार दिनपछि २० भदौमा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन दिएका थिए ।

यो प्रतिवेदनप्रति अविश्वास गर्दै घटना भएको १६ दिनपछि पुनः स्वास्थ्य परीक्षण गरिएको थियो डा.सिंहले गरेको स्वास्थ्य परीक्षणमा बलात्कृत भएको उल्लेख छ दुवै स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको उचाई र तौल समेत फरक फरक उल्लेख छ ।

अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.कुलदिप पण्डितले स्वास्थ्य परीक्षण गर्दा जे पाइयो त्यहीं प्रतिवेदन दिएको बताए चिकित्सकको प्रतिवेदन फरक फरक पर्दा कसलाई विश्वानीय मान्ने प्रहरी समेत अन्यौलमा परेको थियो ।

अनुसन्धान कार्य नै प्रभावित हुने गरी प्रतिवेदन आएपछि धनुषा प्रहरीले अञ्चल अस्पतालका चिकित्सकले अनुसन्धान कार्यलाई प्रभावित हुनेगरी रिपोर्ट दिएको भनी जिल्ला प्रहरी कार्यालयले धनुषाले महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएको थियो । अन्नपूर्णपोष्टबाट

सम्बन्धित् समाचार