कपिलवस्तुको बाणगंगा नगरपालिकाको बैरीयामा अटो ब्यवसायीहरुबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा अटो टेड्रसको अयोजनामा परिचयात्मक कार्यक्रम भएको हो । कार्यक्रममा टिभिएसको अटो रिक्सा खरिदमा हुने फाइदाका बिषयमा जानकारी गराइएको थियो । पाच लाख पैसठ्ठी हजार मुल्य रहेको टिभिएस अटो रिक्सा खरिद गर्दा २५ लाखको आकस्मीक बिमा, ५ लाखको स्वास्थ्य विमा र आधीकारिक वर्कशपमा बिमा रकमको लागी खर्च रकम तिर्न नपर्ने तथा अटो खरिदमा ३२ इन्चको एलइडि टिभि , फ्रिज या १७ हजार पाच सय रुपैया छुट पाउने योजना समेत रहेको जगदम्बा मोर्टसका क्षेत्रीय अफिसर कमल कृष्ण जैशीले बताए । बाणगंगा नगरपालिका भित्र रहेको करिव सय बढि अटो रिक्सा ब्वसायीहरुको सहभागिता रहेको कार्यक्रममा बाणगंगा अटो टेड्रसका प्रमुख उमानाथ पौडेल, सञ्चालक मनोज पौडेल, मोहन न्यौपाने,बसन्त खनाल, जगदम्बा मोर्टसका क्षेत्रीय ब्यवस्थापक सागर दाहाल , न्यु लुम्बिनि ई रिक्सा समितिका केशव आर्चाय लगायतले आआफनो धारणा राखेका थिए । सहभागि अटो रिक्सा ब्यवसायीले टिभिएसको अटो रिक्सा बलियो हुनुका साथै सजिलै मोटर पार्टस पाइने हुदा मन परेको बनाएका थिए ।