तेस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आज शुक्रबारदेखि बुटवलमा शुरु हँुदैछ । उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा हुन लागेको औद्योगिक प्रदर्शनी असोज २८ गतेसम्म बुटवल मण्डपमा हुन लागेको हो ।
प्रदर्शनीको एक भव्य कार्यक्रमका बीच प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिनको ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक प्रविण पाठकले जानकारी दिए ।
बिहान साढे ८ बजे प्रदर्शनी स्थल बुटवल मण्डपबाट सचेतना मुलक झाँकी सहितको ¥याली निकालिने छ । ¥याली बुटवल नगरपरिक्रमापछि प्रदर्शनी स्थलमा समापन हुने प्रचार प्रसार उप समितिका संयोजक नेत्र रुचालले जानकारी दिए । औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ ।
प्रदर्शनी स्थलमा ४ सय १५ भन्दा बढि स्टल रहेको प्रदर्शनीका संरक्षक तथा पूर्व अध्यक्ष खिम नारायण पराजुलीले बताए । स्टलको सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनी स्थल पुरै सिसिटिभीको निगरानीमा रहेको छ भने चौबिसै घण्टा आन्तरिक सुरक्षा गार्ड खटाइएको छ ।
प्रदर्शनीको मुख्य आकर्षण नौ तले धरहराको उद्घाटन पछि सर्वसाधारणको लागि खुल्ला गरिने मेलाका अर्का संरक्षक तथा निवर्तमान अध्यक्ष खेम श्रीसले बताए । करिब २२ लाख रूपैयाँ खर्च गरे भूकम्पले ध्वस्त भएको धरहराको प्रतिरूप प्रदर्शनी स्थलमा निर्माण गरिएको छ ।
प्रदर्शनीलाई सांस्कृतिक मय बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक एवं संघका उपाध्यक्ष सिताराम रसाईलीले जानकारी दिए । राष्ट्रिय कलाकारहरू वद्री पगेनी, शिव परियार, सनुप पौडेल, एन्जीला रेगमी सुजता पाण्डे लगायतको बेजोड प्रस्तुती रहने उनले बताए । त्यसैगरी प्रदर्शनीमा फेशन शो, बिट कन्टेक्स, खुल्ला डान्स प्रतियोगिता हुनेछ ।
‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मुख्य नाराकासाथ आयोजना गरिएको मेलामा २० करोड भन्दाको बढि कारोबार हुने आयोजकले जनाएका छन् ।
आजदेखि बुटवलमा प्रदर्शनी, नौ तले धरहरा मुख्य आर्कषण
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकेटी हराएको सूचना’ माघ ११ मा आउने घोषणा
४ घण्टा अघि
सुनको मूल्यमा सामान्य वृद्धि
५ घण्टा अघि
पाल्पामा सुन्तला महोत्सव हुने
५ घण्टा अघि
पोखराले अपराजित जनकपुरलाई दियो १३९ रनको लक्ष्य
५ घण्टा अघि