सिद्धार्थ बचत तथा ऋण सहकारि संस्था वाणगंगा ४ कपिलवस्तुको २० औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुर्व अध्यक्ष सुर्यकुमारि शाहिको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा ईन्दिरा भट्राइ, सचिवमा दीना सुवेदी (कमाल) सहसचिवमा शंकर दर्नाल, कोषाध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् ।
जिल्ला बचत संघ कपिलवबस्तुका अध्यक्ष तथा वाणगंगा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष गुणानिधि भुसालको प्रमुख आतिथ्यता, जिल्ला सहकारि संघका उपाध्यक्ष तेज प्रसाद आचार्यको विशिष्ठ आतिथ्यता, सिद्धार्थ सामाजिक विकास केन्द्रका संस्थापक पुर्व अध्यक्ष तथा समाजसेवि सागर श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष सरितादेवी ढकालले मन्तब्य राखेकी थिईन् ।
दीना सुवेदी (कमाल) काे सञ्चालन निर्वाचन मण्डलको सहजिकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका निर्देशक तथा सहकारिका सल्लाहकार पोमनारायण पौडेलले गरेका थिए ।