गृहपृष्ठ मनोरञ्जन सलमान खानका यी ११ गर्लफ्रेण्ड, कसैलाई कुटे, कसैलाई छोडे…

सलमान खानका यी ११ गर्लफ्रेण्ड, कसैलाई कुटे, कसैलाई छोडे…

प्रकाशित मिति:

बलिउडका सुपरस्टार सलमान खान प्रेममा निकै दुर्भाग्यशाली मानिन्छन्। उनका जिन्दगीमा निकै राम्रा केटीहरु आए तर ती लामो समय भने टिक्न सकेनन् । त्यसैहोला जिन्दगीले ५ दशक छुने लाग्दा सलमान हालसम्म अविवाहित नै छन्, उनका दुइ भाइ अरबाज र सोहेल खान समेत विवाहित हुन्। बलिउडका दुइ खान सुपरस्टार शाहरुख र अमिर पनि विवाहित हुन् । तर सलमानको भने विवाह गर्ने दिन अहिले सम्म आएन।

झन रोमानियाकी नायीका लुलियासंग केही दिन अघी मात्रै उनको ब्रेक अप भएपछि त सलमान ११ औं पटक प्रेम सम्वन्ध जोगाउन सफल भएको चर्चा बलिउडमा छ । सलमानको जिवनमा एश्वर्या राय देखी क्याट्रिना कैफ सम्म आएका थिए र समयक्रममा ती सवैले आफ्नो बाटो तताए सलमानलाई एक्लै छोडेर।

१.संगिता बिजलानी

सलमान र संगिताबिच नब्बेको दशकमा अफेयर थियो तर सम्वन्ध भने लामो समय सम्म रहन सकेन। उनिहरुले विवाह गर्ने समेत फैसला गरेका थिए ।

२. सोमी अली

लमान र सोमी अली पाँच वर्षसम्म एका अर्कासंग रहे। सोमी अली सलमानको व्यवहारबाट निकै पिडित बनेकी थिइन्। एकपटक त पार्टीमा सलमानले सोमीलाई रक्सी नै खन्याइदिएका थिए। त्यसपछी यी दुइबिचको सम्वन्ध टुट्न समय लागेन ।

३.महक छल

बिग बोसको पाँचौ सिजनका प्रतियोगी महक छलसंग पनि सलमानको नाम जोडियो। महकले सलमानको चलचित्र ‘वान्टेड’मा पनि काम गरेकी थिइन। तर यो सम्वन्ध पनि लामो समय चल्न सकेन् ।

४.एश्वर्या राय

सलमान र एश्वर्या रायको प्रेम सम्वन्ध बलिउड तरंगित पारेको थियो। उनिहरु छुट्दा पनि हंगामा गरेर छुटे। सन १९९८ बाट शुरु भएको सम्वन्ध धेरै लामो समयसम्म तग्न भने सकेन । सलमानले सलमानलाई भौतिक दुर्व्यवहार पनि गर्ने गरेको मिडियामा आएको थियो। हाल एश्वर्याले नायक अभिशेख बच्चनसंग विवाह गरेर एक छोरीको आमा समेत बनिसकेकी छिन् ।

५.क्याट्रिना कैफ

सलमानको क्याट्रिनासंगको सम्वन्ध पनि बलिउडमा चर्चित बन्यो। तर क्याट्रिना पनि सलमानको हुन सकिन्। वास्तवमा क्याट्रिनाको सफलता बनाउन पनि सलमानको ठुलो भुमिका छ । क्याट्रिना हाल रणबिर कपुरसंग छिन् ।

६.सना खान

सलमानलाई नायीका सना खानसंग पनि केही समय जोडियो। सलमानको आउँदो चलचित्र मेंटलमा पनि सना खानलाई नायीकाको रुपमा देख्न पाइन्छ।

७.लुलिया

सलमान र रोमानियन नायीका लुलियाको सम्वन्ध पनि लामो चल्न सकेन्। भारत आएको बेला उनिसंग सलमानको भेट भएको थियो। सञ्चारमाध्यमा लुलिया विवाहित भएको खवर आउन थालेपछी सलमान उनिसंग पनि टाढिए ।

८.स्नेहा उलाल

एश्वर्यसंग ब्रेकअपले सलमान निकै चिन्तित देखिएका थिए ।सलमानले एश्वर्या जस्तै देखिने केटी स्नेहा उलाललाई खोजेर निकालेका थिए। उनले स्नेहालाइ चलचित्र ‘लक्की’मा नायीकाको रुपमा खेलाएका पनि थिए। सलमान र स्नेहाको सम्वन्ध पनि तग्न भेन सकेन।

९. जरिन खान

सलमानलाई केही समय नायीका जरिन खानसंग जोडेर हेरियो। जरिनाको खास खुरा के थियो भने उनको अनुहार क्याट्रिनासंग मिल्छ। तर सलमान र जरिनपनि संगै रहन भने सकेनन् । सलमान र जरिनले ‘बीर’मा संगै काम गरेका थिए।

१०. डेजी शाह

सलमानको डेजीसंग अफेयर रहेको पनि चर्चा थियो केही समय अघि सलमान र डेजीलाई संगै देखिएको चर्चा चलेको थियो। तर हाल भने चर्चा सेलाएको छ।

११.अली आर्टर

म्यारी गोल्डकी नायीका अली आर्टरसंग पनि सलमानको अफेयर रहेको थियो। सन २००६ मा चलचित्र म्यारीगोल्ड शुटिङ हुँदा उनिहरु निकै नजिक थिए। तर लामो समयसम्म भने यो सम्वन्ध पनि टिक्न सकेनन् ।

एजेन्सी

सम्बन्धित् समाचार