गृहपृष्ठ खबर सडक पेटीमा जुत्ता पोलिस गरेकै ५ दशक

सडक पेटीमा जुत्ता पोलिस गरेकै ५ दशक

प्रकाशित मिति:

कपिलवस्तु शिवराज नगरपालिकाको मुख्य व्यस्त बजार चन्द्रौटा । घडिको सुइले दिनको दुइ बजाए पछि सडकमा बनेको नाली माथी एक ६२ बर्षिय वृद्ध । सनो बोराबाट फाटेटुटे फुटेका चप्पल जुत्ता निकाल्छन र नियाल्छन सडकमा हिड्ने यात्रुहरुलाई । ती ६२ बर्षिय बृद्ध यात्रुको अनुहारमा होइन उनीहरुले लगाएको जुत्ता चप्पल निहाछर्न कतै फाटेको छ की भने ।दैनिक चन्द्रौटा कृष्णनगर रोडको पेटीमा भेटिने बृद्ध हुन चन्द्रौटा निवासी पिताम्बार ।
सडक पेटिमा उनको आफ्नै पसल छ फाटेका जुत्ता चप्पल सिलाउने र पोलिस गर्ने आफु जान्ने भए देखि नै यहि सडकमा बोरा डोसाएर आफ्नो पेशा फाटेका जुत्ता सिलाउने र पोलिस गर्दै आएको उनी बताउछन । “मैले जुत्ता सिलाउदा यो बजार नै थिएन , फाट्फुट्ट झुपडिहरु थिए , अहिले हेर्दा हेदै व्यस्त बजार बनिसक्यो” उनले मुस्काउदै भने ।
४ जनाको परिवार दिउसो २ बजेबाट सडक पेटिमा फाटेका जुत्ता सिलाएर र पोलिस गरेर आएको आम्दानीबाट चल्दै आएको उनले बताए । सडक पेटिको व्यापार भएकोले बेलाबेला नगरपालिकाले ढल निर्माण गर्दा आफुले बस्ने ठाउँ नै नपाएको उनले बताए । अब सडकपेटिमा नै जीवनको यति लामो समय विताए , यहि पेशाबाट नै मेरो घर परिवार चलेको छ , अव सडक पेटिबाट नहटाए हुनेथ्यो आफै अवधी भाषामा उने भने ।
यस पेशाबाट कहिले काही राम्रै ५÷७ सय भैइहाल्ने र कहिले काही सय रुपैया पनि नहुने उनले बताए । पुख्र्यौली घर पर्सिया भए पनि हाल चन्द्रौटाको पुरानो बजारमा बस्दै आएका छन । सडकमै जुत्ता पोलिस गर्ने र सिलाउने हुदाँ धेरैले हेय दृष्टिले हेर्ने गरेको उने सुनाए ।“कसैकसैले राम्ररी नै बोलाउछन सम्मान गर्छन तर कोही कोहीले साह्रै हेपेर बोल्छन”पिताम्बरले भने ।
सडकमा नै ५ दशक पेशा अगांलेका उनलाई आफु बसेको सडक पेटीको साह्रै माया लाग्ने उनले बताए । विहान खासै भिडभाड नहुने हुदाँ दिउँसो २ बजेबाट आफु पेटीमा पोलिस गर्न बस्ने गरेको उनले बताए । चाडबाडको दिन भने विहानैबाट बस्ने गरेको उनले सुनाए ।

सम्बन्धित् समाचार