गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो। त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ। त्यो खर्च भनेको निर्वाचन आयोगमार्फत हुने खर्च मात्रै हो। गृह र रक्षा मन्त्रालयमार्फत हुने सुरक्षा खर्च त्यसमा पर्दैन। सुरक्षामा पनि ठूलो धनराशिको खर्च हुनेछ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
यो पनि पढ्नुहोस्
काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा
नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् ।
मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ। उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ।
मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए ।