पछिल्लो सार्वजनिक गीत ‘ हल्ला फिजयो’ ले अझ चर्चामा आएका युवा गायक तथा संगीतकार मिलन कडेलको नया गीत ‘के यो माया हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा ‘के यो माया हो’ बोलको गीतमा गायक मिलनकै शब्द तथा संगीत रहेको छ भने यस गीतलाई गायक स्वयम्ले नै एरेन्ज समेत गरेका छन ।
सार्वजनिक गीतको भिडियोलाई निर्देशक जीवन आचार्यले निर्देशन गरेको हुन् । मोडल अर्जुन अधिकारी र रिया क्षेत्रिको अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा गायक मिलन पनि फिचरमा रहेका छन्। गीतको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् र सम्पादन निशान्त घिमिरेको रहेको छ ।