अशोक पौडेल
जितपुुर(कपिलवस्तु) २४ असोज ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ मा टिभिएसको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेर्डस सञ्चालनमा आएको छ । अटो ट्रेर्डसको उद्यघाटन गर्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले अटो ब्यवसायको बिकासले देशका युवाका लागी रोजगारी दिएकाले यसको दिर्घकालिन सोचका साथ बिकास गर्न आवश्यक रहेकोमा जोड दिए । साथै प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले अटो ब्यवसायलाई पर्यटकीय क्षेत्रसगं जोड फाइदा हुने बताए । साथै सो अवसरमा प्रदेश सभा सदस्य माला गोतामे, जगदम्भा मोटर र्पाटसका कार्यकारी निर्देशक अखिल गुप्ता, नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल , लुम्बिनि बिकास कोषका सदस्य राजेश ज्ञवाली, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगर, बुद्धिजिवि सगंठनका केन्द्रीय सचिव दा्रेणराज सुवेदी, बाणगंगा अटो ट्रेर्डसका अध्यक्ष उमानाथ पौडेल, पत्रकार भेषराज पाण्डे, अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । भारतको सर्वाधिक बिक्रि हुने टिभिएस बाइक नेपालमा जगदम्भा मोर्टसले मुख्य बिक्रेताको जिम्मा लिएपछि पछिल्लो ६ महिनामा देशभर १६ प्रतिशतले टिभिएसको बिक्री बढेको समेत ट्रेर्डसका अध्यक्ष उमानाथ पौडेलले बताए । सजिलै पार्टस पाइने भएकाले टिभिएसको बाइक आफुले रोजेको बाणगंगा १० का रामेश्वर थारुले बताए ।
कपिलवस्तुको बैरीयामा बाणगंगा अटो ट्रेर्डस अाैपचारीक सञ्चालनमा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाँकेमा सुधार गृहका ९ जना बाल कैदीबन्दी अझै फरार
२ घण्टा अघि
सरकार र शिक्षक महासंघबीच वार्ता जारी
२ घण्टा अघि