गृहपृष्ठ राजनीति बर्तमान सरकार मुल्य वृद्धि तर्फ मात्र अग्रसर भयो ःसभापति आर्चाय

बर्तमान सरकार मुल्य वृद्धि तर्फ मात्र अग्रसर भयो ःसभापति आर्चाय

प्रकाशित मिति:

वर्तमान सरकारले दैनिक उपभोग्य जन्य सामग्रीकाे मुल्य बृद्धि गरि जनतालाई ढाड सेक्ने मात्र काम गरेको नेपाली काग्रेस कपिलवस्तुका सभापति एवं पुर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चायले बताएका छन् । नेपाली काग्रेस इकाइ समिति यशोधरा गाउंपालिका वडा नं ६ रगंपुरले आयोजना गरेको विजया दशमी तथा दिपावली र छठपर्वको अवसरमा उनले यस्तो वताएका हुन । विगतको सरकार भन्दा वर्तमान के पी ओली नेतृत्वको सरकारले इन्धन र खाघान्नमा अत्याधिक मुल्य बुद्धि गरी चाडवार्डमा जनतालाई सास्ती मात्र दिने काम गरेको समेत आर्चायले बताएका छन् । महगी, अनावश्यक कर हटाउन र हत्या हिंसा गर्नेलाई तत्काल कारवाही गर्नको लागी आइतवार कागे्रंले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउने् समेत आर्चायले बताए । कार्यक्रमा वोल्दै पुर्व पार्टी सभापति सुधाकर पाण्डेयले सरकारले बहुमतको आडमा अराजग कार्यहरू गरेको बताए । देशमा वलत्कार, हत्या हिंसामा लागेका आरोपिलाई कारवाही गर्न नसक्नुले कानुन माथी नै प्रश्न चिन्ह खडा भएको पाण्डेयले बताए । सो अवसरमा क्षेत्रिय सभापति एवं यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले स्थानीय रूपमा स्रोत साधनले भ्याएसम्म गाउंपालिकाले विकासका काम गरेको बताए । केन्द्रिय र प्रदेश सरकारको अन्योलताले गर्दा काम गर्दा समस्या आएको वताए । इकाई सभापति राम प्यारे उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय सचिव देवेन्द्र कुमार पाण्डेय , वडा अध्यक्ष
श्यामनारायण उपाध्याय वृहस्पति पाण्डेय, जगतनारायण दुवे लगायतले विजया दशमी तथा दिपावली र छठपर्वको शुभकामना आदान प्रदान गरेका थिए ।

सम्बन्धित् समाचार