कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ११ मा नगरस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । सुर्योदय युवा क्लवको आयोजनामा असोज ३१ गतेसम्म हुने प्रतियोतामा नगर भित्रका १२ वटा समुहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले १६,०१६ द्धितिय हुनेले १०,०१० तृतिय हुनेले ५,०११ र सान्तवना पुरस्कार २०११ रहेको प्रतियोगिताका संयोजक प्रेम लुइटेलले जानकारी दिएका छन । दोस्रो नगरस्तरीय प्रतियोगिता सुर्योदय युवा क्लवले आयोजना गर्दा यस क्षेत्रका भलिबल खेलका खेलाडी र पारखीको निकै मन छोएको क्लवका निर्देशक हरी ढुङ्गानाले बताएका छन । प्रतियोगिता ३१ गते समापन हुने स सोही दिन साझ राष्ट्रीय कलाकारको साथमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरिएको सास्कृतिक संयोजक अर्जुन भुसालले बताए । प्रतियोगितालाई सफल पार्न सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सास्कृतिक कार्यक्रममा सहभागि हुने क्लवका अध्यक्ष दामोदर गौतमले आग्रह गरेका छन ।
कपिलवस्तुमा दोस्रो नगरस्तरीय भलिबल प्रतियोगिता सुरु

