गृहपृष्ठ विविध आज महानवमी पर्व, जङ्गी निसानपूजा तथा कोतपूजा

आज महानवमी पर्व, जङ्गी निसानपूजा तथा कोतपूजा

प्रकाशित मिति:

काठमाडौँ, १ कात्तिक-आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ ।

सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ ।

तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

यो पनि पढ्नुहोस्

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ / महाअष्टमीको दिन  पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो । उहाँले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभयो ।

 

सम्बन्धित् समाचार