अभिनेत्री प्रियंका चोपडाको बिहेको तयारी सुरु भएको छ । यसका साथै रिपोर्टसका अनुसार प्रियंका र निक जोनसको बिहेको मिति पनि सार्वजनिक भएको छ । अभिनेत्री प्रियंकाकी बहिनी तथा अभिनेत्री परिणीति चोपडा पनि निकै उत्साहित मुद्रामा देखिरहेकी छन् । परिणीतिले जुत्ता लुकाईमा भिनाजु निकसँग भारी रकम माग्ने कुरा गरेकी छन् । अभिनेत्री परिणीतिले आफ्नो हुनेवाला भिनाजु निकसँग धेरै पैसा मागेकी छन् ।
बलिउड हंगामाका अनुसार अभिनेत्री परिणीतिले जुत्ता लुकाई परम्पराको लागि भिनाजु निकसँग ३७ करोड भारुको माग गरेकी छन् । इन्टरभ्युको दौरानमा परिणीतिले भनेकी छन्, ‘दुई दिनअघि म निकसँग बसेकी थिए । मैले उनलाई भनेकी छु, अब ठूलो रकम तयार पार्नुपर्छ । मैले ६ मिलियन डलर (३७ करोड भारतीय रुपैया) भनेकी छु । तर निकले जवाफमा हाँस्दै भने १० डलर ।’
परिणीतिले थपिन्, ‘प्राइज मैले भन्दा निकलाई गाह्रो लागिरहेको थियो, तर मैले धेरै भन्दा धेरै पैसा माग्ने कोशिस गर्नेछु । म निकको असल साली बन्न चाहन्छु ।’ यता टाइम्स अफ इण्डियाको रिपोर्टका अनुसार डिसेम्बर २ तारिखका दिन प्रियंका र निक वैवाहिक बन्धनमा बाँधिनेछन् । यो विहेको समारोह जोधपुरमा तीन दिनसम्म चल्नेछ । यो ३० नोभेम्बर देखि २ डिसेम्बरसम्म चल्नेछ ।
प्रियंका र निकले जोधपुरको एक आलिशान महलमा विहे गर्नेछन् । समाचारमा आए अनुसार बिहेको लागि निक भारत आइसकेका छन् । यसका साथै निक र प्रियंका दुवैले आफ्नो बिहेको लागि ठाउँ तयार गरेका छन् । यो जोडी एक अर्काको परिवारसँग राम्ररी घुलमिल गरिसकेका छन् । गत अगष्ट १८ तारिखका दिन भारतीय पराम्परा अनुसार यो जोडीले इन्गेजमेन्ट गरिसकेका छन् । यो समारोहमा निका आमा बुबा पनि उपस्थित भएका थिए । यो जोडीले एक अर्कासँग लामो समय बिताइसकेका छन् । एजेन्सी