नेपालगन्ज । भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ ।
सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगन्ज भन्सारमा रोकिएको हो । मन्त्रिपरिषद बैठकले गत ३१ भदौमा भारतबाट निची आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको भन्सार कार्यालयले जनाएको छ ।नेपालगन्ज भन्सार कार्यालयका अधिकृत उमेश श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको जनाकारी दिएका छन्, याे समाचार आजको कारोबार दैनिकमा छ ।
यो पनि पढ्नुहोस् -जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट
काठमाडौं । कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने अाइडिया इन्टरनेटबाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए । जुन बेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैदसजाय भुक्तान गर्दै थिए । ११ महिनाको कैद सजाय भुक्तानपछि सीमाक्षेत्रमै रहेर उनले लागुऔषधको कारोबार गर्न थाले ।
यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन-८ का नारायण श्रेष्ठले उनको नक्कली नोट छाप्ने योजना साकार गरिदिएकाे समाचार नयाँ पत्रिकामा छ । इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं ल्याएका थिए ।