गृहपृष्ठ खबर अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो

प्रकाशित मिति:

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ७ को घाटखोला भन्ने स्थानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।सन्धिखर्कबाट गुल्मीको भनभनेको लागी छुटेको लु १ ज ३५०३ नम्वरको जिप दुर्घटनाहुदाँ चालक ईन्द्र भनिने सेरबहादुर थापा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलयका प्रबक्ता खिमबहादुर घमले जानकारी दिए । जिप सड्कै पल्टिएको छ ।चालकले जिपबाट हाम फालदा सोही गाडिले किचेर चालकको ज्यान गएको बताईएको छ ।

यो पनि पढ्नुहोस्-

पाल्पा। स्याङ्जाको मालुङ्गा नजिकै  स्कुटी दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते  भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले  जानकारी दिए ।थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रहेका छन्। उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । ११ दिन अघि विवाह भएका उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटनामा परेको हो ।

सम्बन्धित् समाचार