सनराईज सामाजिक विकास मञ्चको आयोजनामा हुने प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारि पुरा भएको छ । प्रदेश नं. ५ का सााजिक विकास मन्त्रि सुदर्शन वरालको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ । यहि कात्तिक ८ गते अर्थात भोलि देखि २० गते सम्म खेल हुने छ । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ स्थित मायाँदेवि रंगशालामा खेल हुने कार्यक्रम संयोजक माधव पौडेलले जानकारि दिए । प्रतियोगितामा २८ टिम दर्ता भएका छन् ।
खेल मैदान तथा अन्य ब्यवस्थापन सम्बन्धिका कार्यपनिको पनि तयारि भैसकेको बताईएको छ । प्रतियोगितामा प्रथमम पुरस्कार रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय पुरस्कार रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय पुरस्कार रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना पुरस्कार रु ५ हजार शिल्ड तथा प्रमाण पत्र रहेको छ । प्रतियोगितामा कात्तिक ५ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शूल्क रु ४ हजार निर्धारण गरिएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् । प्रदेश पाँचमा लुकेर रहेका क्रिकेट खेलाडीहरुलाई पहिचान गरी राष्ट्रियस्तर सम्म पुर्याउनको लागि प्रतियोगिता आयोजना गरिएको हो । वाणगंगा नगरपालिकामा प्रदेशकै ठुलो पुरस्कार राशी राखिएको प्रतियोगिता सम्पन्न गर्न सहयोगको लागि सबैमा आग्रह गरिएको छ । उद्घाटन खेलमा जितगढि क्रिकेट क्लव वुटवल र कपिलवस्तु ट्रेनिङ सेन्टर तौलिहवा बिच प्रतिस्पर्धा हुने मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।