गृहपृष्ठ राजनीति कपिलवस्तुमा स्थापना दिवसको अवसरमा तरुण दलले शैक्षिक सामाग्री बितरण गर्ने

कपिलवस्तुमा स्थापना दिवसको अवसरमा तरुण दलले शैक्षिक सामाग्री बितरण गर्ने

प्रकाशित मिति:

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुले मगंलबार एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । आफनो ६५ औ स्थापना दिवसको अवसर पारेर तरुण दलले कपिलवस्तुको लवनीमा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण कार्यक्रम आयोजना गरिएको तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष तथा युवा नेता खोम बहादुर सिहं ठकुरी(शतिm)ले जानकारी दिए । गरिव तथा जेहेनदार बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाह लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहने जिल्ला सभापति शतिmले बैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार