गृहपृष्ठ खबर तरुणदल कपिलवस्तुद्धारा शैक्षिक सामाग्री बितरण

तरुणदल कपिलवस्तुद्धारा शैक्षिक सामाग्री बितरण

प्रकाशित मिति:

नेपाल तरुणदल जिल्ला कार्य समिति कपिलवस्तुले आफनो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री बितरण गरेको छ । नेपाल तरुण दलको ६५ औ स्थापना दिवसको अवसरमा कपिलवस्तुको लवनीमा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण कार्यक्रमको आयोजना गरी तरुण दलले स्थापना दिवस मनाएको हो । सो अवसरमा गरिव जेहेनदार करिव ७५ बिद्यार्थीलाइ करीव ३० हजारको सामाग्री बितरण गरिएको छ । सो अवसरमा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलवानले देश गम्भीर मोडमा रहेको बताउदै तरुणहरुलाई सकारात्मक भुमिका निर्वाह गर्न आग्रह गरेका छन । सरकार असफल भइ सकेको बताउदै उनले सरकार रहेको महशुस गराउन प्रतिपक्षको भुमिका आवश्यक रहेकोमा उनले जोड दिए । त्यस्तै नेपाल तरुणदल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी शतिmले तरुण आन्दोलनका लागी मात्र नभई असल समाज निमार्णको नेतृत्वका लागी भएको बताए । खराव मानिसको सख्या धेरै र सज्जन मानिस नबोल्दा समाज बिग्रीने बताउदै उनले सरकारका गलत काममा मौन नहुन समेत उनले युवालाई आग्रह गरेका छन ।

सम्बन्धित् समाचार