गृहपृष्ठ खेलकुद प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा १४ वटा खेल सकिए, मधौलि क्रिकेट क्लव स्वतः विजयी

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा १४ वटा खेल सकिए, मधौलि क्रिकेट क्लव स्वतः विजयी

मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिनप्रतिदिन प्रतिस्पर्धात्मक तथा रोचक बन्दै गएको छ । वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा भईरहको अहिलेसम्म जम्मा १४ वटा खेल सम्पन्न भएका छन् भने आज २ वटा खेल सम्पन्न भएका हुन् ।

मंगलवार भएको पहिलो खेलमा लक्ष्मणघाट क्रिकेट क्लवले मोतिपुर डाँडा क्रिकेट क्लवलाई ६८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको लक्ष्मणघाट क्रिकेट क्लवले १५ ओभरको खेलमा मोतिपुरलाई १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङमा उत्रिएको मोतिपुरले ११ ओभरमा अलआउट हुँदै ९४ रनमा हार ब्यहारेको हो । पहिलो खेलबाट राजेश चौधरि म्यान अफ द म्याच भएका छन् उनले ८० रन तथा २ विकेट लिएका थिए ।

नवदुर्गा भवानि चप्परगाउँ र जय नेपाल स्पोर्ट क्लव कृष्णननगर बिच भएको दास्रो खेलमा जय नेपाल स्पोर्ट क्लव कृष्णननगर १ सय १५ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जय स्पोर्टले १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो उक्त लक्ष्य पछ्याउँने क्रममा नवदुर्गा १२ ओभरमै अलआउट हुँदै ८० रनमै सिमित भएको हो । सेवाज खाँन म्यान अफ द म्याच बन्दै ८० रन १ विकेट हात पारेका थिए ।

त्यस्तै तेस्रो खेलमा मधौलि क्रिकेट क्लव स्वतः विजयी भएको छ । मधौलि क्रिकेट क्लव र हरनामपुर क्रिकेट क्लव बिच निर्धारण गरिएको खेलमा हरनामपुर क्रिकेट क्लवको सहभागि नभएपछि मधौलि क्रिकेट क्लव स्वतः विजयी भएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

यस्तै बुधवार तिनओटा खेल हुनेछन् । पहिलो खेल बुटवल स्पोर्ट क्लव र अल स्टार क्रिकेट क्लव बिच हुनेछ, दोस्रो खेल लुम्बिनी क्रिकेट क्लव र धगदई क्रिकेट क्लव बिच हुनेछ भने तेस्रो मैत्रिपुर्ण खेल हुनेछ आयोजक टिम बि र मिडियाकर्मि बिच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार