गृहपृष्ठ खेलकुद प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा १४ वटा खेल सकिए, मधौलि क्रिकेट क्लव स्वतः विजयी

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा १४ वटा खेल सकिए, मधौलि क्रिकेट क्लव स्वतः विजयी

प्रकाशित मिति:

मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिनप्रतिदिन प्रतिस्पर्धात्मक तथा रोचक बन्दै गएको छ । वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा भईरहको अहिलेसम्म जम्मा १४ वटा खेल सम्पन्न भएका छन् भने आज २ वटा खेल सम्पन्न भएका हुन् ।

मंगलवार भएको पहिलो खेलमा लक्ष्मणघाट क्रिकेट क्लवले मोतिपुर डाँडा क्रिकेट क्लवलाई ६८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको लक्ष्मणघाट क्रिकेट क्लवले १५ ओभरको खेलमा मोतिपुरलाई १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङमा उत्रिएको मोतिपुरले ११ ओभरमा अलआउट हुँदै ९४ रनमा हार ब्यहारेको हो । पहिलो खेलबाट राजेश चौधरि म्यान अफ द म्याच भएका छन् उनले ८० रन तथा २ विकेट लिएका थिए ।

नवदुर्गा भवानि चप्परगाउँ र जय नेपाल स्पोर्ट क्लव कृष्णननगर बिच भएको दास्रो खेलमा जय नेपाल स्पोर्ट क्लव कृष्णननगर १ सय १५ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जय स्पोर्टले १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो उक्त लक्ष्य पछ्याउँने क्रममा नवदुर्गा १२ ओभरमै अलआउट हुँदै ८० रनमै सिमित भएको हो । सेवाज खाँन म्यान अफ द म्याच बन्दै ८० रन १ विकेट हात पारेका थिए ।

त्यस्तै तेस्रो खेलमा मधौलि क्रिकेट क्लव स्वतः विजयी भएको छ । मधौलि क्रिकेट क्लव र हरनामपुर क्रिकेट क्लव बिच निर्धारण गरिएको खेलमा हरनामपुर क्रिकेट क्लवको सहभागि नभएपछि मधौलि क्रिकेट क्लव स्वतः विजयी भएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

यस्तै बुधवार तिनओटा खेल हुनेछन् । पहिलो खेल बुटवल स्पोर्ट क्लव र अल स्टार क्रिकेट क्लव बिच हुनेछ, दोस्रो खेल लुम्बिनी क्रिकेट क्लव र धगदई क्रिकेट क्लव बिच हुनेछ भने तेस्रो मैत्रिपुर्ण खेल हुनेछ आयोजक टिम बि र मिडियाकर्मि बिच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार