गृहपृष्ठ पत्रपत्रिका बाट ३२ अर्बमा चिनियाँ गाई

३२ अर्बमा चिनियाँ गाई

प्रकाशित मिति:

पोखरा / गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो ।

त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ । प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग भित्र्याउन संघ सरकारबाट अनिवार्य स्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गण्डकीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले दूध तथा दुग्धजन्य पदार्थको ‘हब’ बनाएर प्रदेशलाई आत्मनिर्भर बनाउने योजनाअनुसार मोडेल फार्म सञ्चालन गर्न लागिएको जनाए । फार्म प्रदेश दुग्ध विकास बोर्डमार्फत सञ्चालन हुनेछ । बोर्ड गठनका लागि बनाएको विधेयक प्रदेशसभाबाट पारित भइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-एक वर्षमा टाट पल्टिन सक्छ निगम
काठमाडौं / व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो ।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ । कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दुरीमा कसैले पनि अनुमति दिएको छैन । राम्रो कमाइ गरिरहेका अघिल्ला जहजकै ‘सेक्टर’ यिनले खोसेका छन् । यसले गर्दा ‘न्यारो बडी’को कमाइ पनि घटेको छ । स्रोत भन्छ, ‘यही अवस्था रहिरहे एक वर्षमा निगम टाट पल्टिन सक्छ।’ आजको अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

नेपाल-कतारबीच के भयो सहमति ?
काठमाडौं / नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार