गृहपृष्ठ खबर लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

प्रकाशित मिति:

जिल्ला प्रहरी कार्यालय गुल्मीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

सुनसरी रामधुनी नगरपालिका–८ का २६ वर्षीय बिजय लिम्बु, गुल्मीको रेसुङ्गा नगरपालिका–२ का १९ वर्षीय नवीन बिक, सोही ठाउँका १८ वर्षीय बेबेक गुरुङ, मुसिकोट नगरपालिका–८ का १९ वर्षीय बिपिन ठकुरी र मुसिकोट नगरपालिका–३ का १८ वर्षीय बिशाल रायमाझीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

मंगलबार राति ९ बजे रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका पुर्णबहादुर थकालीको घरमा लागूऔषध सेवन गरि होहल्ला गरेको सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८० ग्राम हरियो गाजा, चरेसजस्तो देखिने धुलो २० ग्राम, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको बस्नेतले बताए ।

अहिले जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बस्नेतले धेरै जक्सनमा सूक्ष्म अनुसन्धान भएकाले कारबाही गर्दै जाने बताए ।

सम्बन्धित् समाचार