गृहपृष्ठ खबर पांचौ चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने

पांचौ चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने

प्रकाशित मिति:

दिपक के.सी. कपिलवस्तु कार्तिक १४,

कृषि, पर्यटन ,उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुल आधार भन्ने मुल नाराका साथ ब्यापार संघ कपिलबस्तुको आयोजनामा हुन लागेको पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएको छ । थारु समुदायको संस्कृति रितिरीवाज झल्कने गरी थारु कला र संस्कृतिको संरक्षण एवं प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले पाँचौ चन्द्रौटा महोत्सवमा थारु साँस्कृतिक नृत्य प्रतियोगिता पनि राखिने महोत्सव संयोजक तथा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनु भयो । महोत्सवलाई आर्कषक भव्य र सभ्य बनाउन यति बेला आयोजकले विभिन्न तयारीलाई तिब्रता दिएको छ ।

महोत्सव स्थलमा स्टल, सचिवालय निर्माण लगायतको सम्पन्न भइ सकेको स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिनु भयो । पाँचौं चन्द्रौटा महोत्सवमा २६० बढि विभिन्न सामाग्रीका स्टलहरु रहने ९० प्रतिशत स्टलहरु बुकिङ्ग भइसकेको उहाँले बताउनु भयो । साथै महोत्सवमा स्टल राख्न चहाने स्थानिय व्यापारीहरुका लागि विषेश छुटको व्यवस्था समेत रहेको न्यौपाने जानकारी दिनु भयो । आयोजकले महोत्सव सफल पार्न विभिन्न सरोकालवालाहरु सँग छलफल पनि गरि रहेको छ । शिबराज नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरु , अटो रिक्सा व्यवसायी, कृषक, बुद्धिजीवी बर्ग संग पनि आयोजकले महोत्सव सफल पार्न छलफल गरिसकेको संयोजक पोखरेलले बताउनु भयो । महोत्सवमा विद्यार्थीहरुको सहभागिता बढाउन विद्यार्थीद्धारा निर्मित सामाग्रीहरुको प्रदर्शनी समेत राखिने छ ।

विगतका बर्षहरुमा अटो रिक्सा व्यवसायीहरुलाई पार्किङ्ग शुल्क महङ्गो परेकोले दर्शकलाई महोत्सव स्थल सम्म पुराउने अटो रिक्साको पार्किङ्ग शुल्क निशुल्क वा न्यूनतम गर्ने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताउनु भयो । मेला लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागी २४ वटा उपसमिती , ३२ सदस्य रहेको स्टेरिङग् कमिटी, १३ सदस्यको सचिवालय कमिटी बनाइएको छ । मङसिर ६ गते बाट १६ गते सम्म सञ्चालन हुन लागेको पाँचौ चन्द्रौटा महोत्सव गत बर्ष महोत्सव सञ्चालन भएको स्थानमा नै यो बर्ष पनि हुन लागेको हो ।

कपिलबस्तुका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने तथा शिवराज नगरपालिका भित्र रहेका ब्रथिङ सेन्टरहरुलाई प्रति टिकट रु १ सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको ब्यापार संघले जनाएको छ । यो बर्ष मुख्य आर्कषकमा बालउद्यान ,मौतका कुवा, रोटे पिङ, जादुगर ,कुस्ती खेल,पाँचौ डान्स आइडल,थारु नृत्य प्रतियोगिता स्थानिय स्तरमा उत्पादित कृषि उत्पादन , हस्तकला जडिबुटीहरुको प्रदर्शनी, स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुती, जिल्लाका पर्यटकीय एवम धार्मिक स्थलहरुको प्रचार प्रसार बिभिन्न सांस्कृतिक झाकी, जिल्लाका पर्यटकिय एवम धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रदशनी लगायतका बिशेषता रहेको सचिव गोपाल बन्जाडेले जानकारी दिनु भयो । हरेक बर्ष भएका महोत्सव भन्दा यस पटक महोत्सव उकृष्ठ बनाउने तयारी भइरहेको बन्जाडेले बताउनु भयो । महोत्सवमा बिज्ञान र प्रबिधिको समेत ब्यापक प्रयोग र बिभिन्न स्टलहरु रहने महोत्सव आयोजक व्यापार संघ कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार