वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको आजबाट प्रि क्वाटरफाईनल खेल सुरु भएको छ । क्वाटरफाईनल सुरु भएसंगै खेल १५ ओभरमा छोट्याईएको छ ।
विहिवार भएको पहिलो खेलमा कपिलवस्तु ट्रेनिङ सेन्टर ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको राजपुर युवा क्लवले ट्रेनिङ सेन्टरले ५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँने क्रममा कपिलवस्तु ट्रेनिङ सेन्टर विजयी भएको हो । पहिलो खेलबाट बिशाल मौरिया म्यान अफ द म्याच भएका छन् उनले २८ रन तथा १ विकेट लिएका थिए ।
शान्ति युथ क्लव र बुद्यम युथ क्लवबिच भएको दोस्रो खेलमा शान्तियुथ क्लव विजयी भएको छ । टस जितेर बलिङ रोजेको शान्ति युथ क्लवलाई बुद्यम युथ क्लवले ३६ रन लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँने क्रममा शान्तियुथ क्लव ९ विकेटले विजयी भएको हो । दोस्रो खेलमा जावेद अलि म्यान अफ द म्याच बन्न सफल भए । उनले ३ विकेट ल्याएका थिए ।
त्यस्तै तेस्रो परिवर्तनशिल युवा क्लव मधुवन विजयी भएको छ । जय वुद्य युथ क्लव तौलिहवा र परिवर्तनशिल युवा क्लव बिच भएको खेलमा टस जितेर ब्याटिङ रोजेको जयवुद्यले परिवर्तनशिललाई ११० रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको जवाफि ब्याटिङमा उत्रिएको परिवर्तनशिलले १४ ओभरमा ३ विकेटको क्षति ब्यहोर्दै जित निकाल्न सफल भएको हो । तेस्रो खेलबाट गोविन्द केसि म्यान अफ द म्याच बन्न सफल भएका छन् । उनले ९ रन तथा २ विकेट एिको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरले जानकारि दिए ।
यस्तै शुक्रवार पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल आयोजक टि ए र द बुद्ध क्रिकेट क्लव बिच हुनेछ, दोस्रो खेल न्यु क्रिकेट शुद्दोधन र अल स्टार युथ क्लव गोरुसिङगे बिच हुनेछ भने तेस्रो खेल लक्ष्मणघाट युवा क्लव र स्टार स्पोर्ट क्लव बिच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।