गृहपृष्ठ खबर कपिलवस्तु जेसिज वर्ष २०१८ ले जेसिज सप्ताह भब्य रुपमा मनाउँदै

कपिलवस्तु जेसिज वर्ष २०१८ ले जेसिज सप्ताह भब्य रुपमा मनाउँदै

प्रकाशित मिति:

शनिवारदेखि जेसिज सप्ताह २०१८ सुरु हुने भएको छ । सप्ताहको अवसरमा कपिलवस्तु जेसिज वर्ष २०१८ ले विभिन्न कार्यक्रम गर्ने जनाएको छ । जेसिस सप्ताहका अवसरमा भोलि कात्तिक १७ गते देखि विभिन्न कार्यक्रमहरु सुरु गरि २० गते जितपुर चोकमा सिधा कुरा स्थानिय सरकारसंग कार्यक्रम सञ्चालन गरि अन्त्य गरिने जेसिसका अध्यक्ष सुन्दर पाण्डेले बताए ।

शनिवार अमृत घिमिरेको संयोजकत्वमा कोठि पुल देखि बनगाई पुल सम्म मिनि म्याराथन, सुनिल पाण्डेको संयोजकत्वमा १७ र १८ गते बुद्ध रंगशालामा मैत्रिपुर्ण फुटवल प्रतियोगिता, बाबुराम अर्यालको संयोजकत्वमा १९ गते जेसिज सचिवालयमा बक्ततृत्वकला प्रतियोगिता, बाबुराम अर्यालको संयोजकत्वमा २० गते ओदारिमा ट्राफिक सचेतना तता सरफाई, २० गते नै प्रविन पौडेलको संयोजकत्वमा विहान ८ बजे सामुदायिक अस्पतालमा रक्तदान तथा दिउँसो २ बजे गुरुदेव पौडेलको संयोजकत्वमा जितपुर चोकमा स्थानिय सरकार संग सिधा प्रश्न कार्यक्रम गरिने अध्यक्ष पाण्डेले बताए ।

साथै जेसि सप्ताहलाई भब्य र सभ्य रुपमा सफल पार्नका लागि सम्पुर्णको सहयोगको आवश्यकता रहेको मुल संयोजक मनोज कुमार खत्रि तथा महासचिव गुरुदेव पौडलले बताएका छन् ।

सम्बन्धित् समाचार