गृहपृष्ठ खेलकुद प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता प्रतिस्पर्धात्मक बन्दै, सोमवारबाट सेमिफाईनल सुरु हुँने

प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता प्रतिस्पर्धात्मक बन्दै, सोमवारबाट सेमिफाईनल सुरु हुँने

प्रकाशित मिति:

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको छ । खेल अवलोकन गर्न आउँनेको सङ्ख्या पनि बढ्दै गएको छ । आईतवारबाट क्वाटरफाईनल खेल सकिएका छन् । सोमवारबाट सेमिफाईनलका खेल सुरु हुँने आयोजकले जनाएको छ ।

आईतवार भएको पहिलो खेलमा सामाजिक विकास मञ्च विजयी भएको छ । टस जितेर बलिङ रोजेको ज्ञानोदय गोल्ड लाई आयोजकले ५ विकेटको क्षतिमा १ सय ७४ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको ज्ञानोदय गोल्ड ७ विकेटको क्षतिमा ९१ रनमै हार ब्यहोरेको हो । पहिलो खेलबाट लोक राना म्यान अफ द म्याच बन्न सफल भए उनले ७६ रन ३ विकेट लिएका थिए ।

शान्ति युथ क्लव लुम्बिनी र द राईजिङ युथ क्लव गोरुसिङगे बिच विच भएको दोस्रो खेलमा शान्ति युथ क्लव विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको द राईजिङले १३ ओभरको समाप्तिमा अलआउट हुँदै ७० रनको लक्ष्य दिएको थियो उक्त लक्ष्य पछ्याउँने क्रममा शान्ति युथ क्लव ९ ओभरमा ४ विकेटको क्षतिमा विजयी भएको हो । दोस्रो खेलबाट जमसेद अलि म्यान अफ द म्याच बन्न सफल भए उनले १६ रन तथा २ विकेट लिए ।

त्यस्तै तेस्रो क्वाटरफाईलन खेलमा खाँन ईलावेन १७ रनले विजयी भएको छ । स्टयाडर्ड टेलरिङ लक्ष्मणघाट र खाँन ईलावेन बिच भएके खेलमा टस जितेर ब्याटिङ रोजेको खाँले ८ विकेटको क्षतिमा ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा स्टयाडर्ड टेलरिङ ८ विकेट गुमाउँदै ७५ रनमै सिमित भएको थियो । तेसा्रे खेलबाट विरु कुर्मि म्यान अफ द म्याच बन्न सफल भए उनले ४ विकेट लिएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

यस्तै सोमवारबाट सेमिफाईनलका खेल सुरु हुनेछन् । पहिलो खेल शान्ति यसथ क्लव लुम्बिनी र खाँन ईलावेन भैरहवा बिच हुनेछ र दोस्रो खेल आयोजक र परिवर्तनशिल युवा क्लव बिच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार