गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ पनाहामा श्रीमतीको हत्या आरोपमा श्रीमान प्रकाउ परेका छन् । मदाने गाउँपालिका ६ का ३३ वर्षीय दुर्गाबहादुर नेपालीलाई श्रीमतीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो । आरोपी नेपालीले श्रीमती सीता नेपालीलाई गत कार्तिक १५ गते ढोकाको अगुलोले टाउको, हातखुट्टालगायत शरीरका विभिन्न ठाउँहरूमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक दीपक कुमार बस्नेतले बताए ।
तीन महिनाअघि माइती गएकी सीतालाई एकान्तमा भेटी घर जामभन्दा सीता नमानेपछि आवेगमा आएर हत्या गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । हत्या आरोपी नेपालीमाथि कर्तब्य ज्यानसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । उनका छोरा र एक छोरी रहेका छन् ।